बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • बामदेवलाई भित्र्याउँदै नेपालले भने : कम्युनिष्ट शक्तिहरू एक हुनैपर्छ

    काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् । 

    images
    images

    शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् । 

    उनले भने, “नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्त्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरूलाई वा कम्युनिष्ट शक्तिहरूलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ ।” 
    उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए । 

    “एकता भयो कि भएन भनेर सधैँ गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,” उनले भने ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com