हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • हवाई सेवा प्राधिकरणको अध्यक्ष बन्न १५ बर्षको अनुभव अनिवार्य गर्न माग

    काठमाडौँ / अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा व्यूरोक्रेसीलाई भन्दा प्राविधिक पक्षलाई हेर्नुपर्ने सांसदहरूले धारणा राखेका छन् । 
    शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले हवाई क्षेत्रको सुरक्षाका लागि प्राविधिकरूपमा हेर्नुपर्ने बताएकी हुन् । 

    images
    images

    उनले भनिन्, “नेपाल हवाई सेवा प्राधिकरणको गठन गर्दा ब्यूरोक्रेसीलाई भन्दा पनि प्राविधिक रूपमा विधेयकलाई हेर्नुपर्छ । यसको सम्बन्ध प्रत्यक्ष यात्रुसँग हुने भएकाले टेक्निकल पार्टलाई ध्यान दिनुपर्छ ।” 

    सांसद गौतमले प्राधिकरणको समिति गठन गर्दा हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको व्यक्ति अध्यक्ष हुनुपर्ने बताइन् । 

    “प्राधिकरणको अध्यक्ष, सदस्यहरूमा विवाद नगरी हवाई क्षेत्रको सुरक्षाको लागि हवाइ क्षेत्रमा कम्तिमा १५ वर्ष अनुभव भएको त्यस उड्यन क्षेत्रमा विज्ञता प्राप्त स्वतन्त्र व्यक्ति अध्यक्ष हुनुपर्छ,” उनले भनिन् । 

    उनले प्रधिकरणको अध्यक्षको कार्यकाल एक पटक पूरा भएपछि पुनः अर्को कार्यकालका लागि छनोट नहुने व्यवस्था गर्नुपर्ने पनि बताइन् । 

    सो क्रममा सांसद राज किशोर यादवले समिति बैठकमा उठेका मुद्दाहरूलाई समय सान्दर्भिक रूपमा सम्बोधन हुनुपर्ने धारणा राखे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com