सशस्त्रको टोली सुखिपुर पुग्दा फेला पर्यो ७ सय १७ केजी गाँजाको बोरैबोरा

सशस्त्रको टोली सुखिपुर पुग्दा फेला पर्यो ७ सय १७ केजी गाँजाको बोरैबोरा

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • सशस्त्रको टोली सुखिपुर पुग्दा फेला पर्यो ७ सय १७ केजी गाँजाको बोरैबोरा
     
    सिरहा जिल्लाको सुखिपुर–४ स्थित पोखरीयाबाट साउन २ गते करिब ७ सय १७ के.जी. गाँजा बरामद गरेको  सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताएका छन् । 
     
    सोही ठाउँमा रहेको एक घरको विभिन्न कोठामा लुकाई छिपाई राखेको २७ वटा पोकामा प्लाष्टिक र बोरामा राखिएको अवस्थामा सो गाँजा फेला परेको हो ।
     
    विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश सुखिपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो ।
     
    बरामद गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ । 
     
     

     

    images
    images

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com