‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’मा ४ गुणाबढी आवेदन

‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’मा ४ गुणाबढी आवेदन

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’मा ४ गुणाबढी आवेदन

    काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभर सब्सक्राइब भएको छ । 

    images
    images

    कुल ३० लाख इकाईहरू, प्रत्येक एक हजार रुपैयाँ अङ्कित मूल्यमा, जम्मा रु. ३ अर्ब बराबरको यो निष्काशनमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको थियो । 

    असार ३० देखि साउन १ सम्म खुला रहेको यो निष्कासनमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसले नेपाल एसबिआई बैंकको वित्तीय स्थिरता र प्रगतिप्रतिको बलियो विश्वास झल्काउँछ ।

    कुल इकाईहरूमध्ये १८ लाख इकाईहरू निजी प्लेसमेन्टमार्फत र १२ लाख इकाईहरू सर्वसाधारणका लागि प्रस्ताव गरिएको थियो, जसमध्ये ५ प्रतिशत (६० हजार इकाई) म्युचुअल फण्डहरूका लागि सुरक्षित राखिएको थियो । 

    १० वर्ष अवधिका लागि जारी उक्त ऋणपत्रमा ७ प्रतिशत वार्षिक आकर्षक ब्याजदर रहेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले जेठ ७ मा यो निष्काशनलाई स्वीकृति प्रदान गरेको थियो भने नबिल इन्भेस्टमेन्ट बैंकिंङ्ग लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com