एनआईसी एशिया बैंक र ओम हस्पिटलबिच सहकार्य, ग्राहकहरूले विशेष छुट पाउने

एनआईसी एशिया बैंक र ओम हस्पिटलबिच सहकार्य, ग्राहकहरूले विशेष छुट पाउने

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • एनआईसी एशिया बैंक र ओम हस्पिटलबिच सहकार्य, ग्राहकहरूले विशेष छुट पाउने

    काठमाडौँ / एनआईसी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बिच बैंकका ग्राहकहरूको स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता सम्पन्न भएको छ ।

    images
    images

    सो सम्झौतासँगै अब यस बैंकका ग्राहकहरूले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । 

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे । 

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंकएपमार्फत भुक्तानी गर्नु पर्नेछ । 

    यस बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रूपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरूको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com