काठमाडौँ / डिश होमले आफ्ना ग्राहकहरूलाई प्रविधिमैत्री जीवनशैलीमा अझ नजिक ल्याउने लक्ष्यसहित ल्यानिज हबसँग सहकार्य गरेको छ । सहकार्यसँगै अब विश्वप्रसिद्ध हाई फ्युचर ब्रान्डका उत्कृष्ट उत्पादनहरूमा ५० प्रतिशतसम्मको भारी छुटमा उपलब्ध हुने भएको छ । अब ग्राहकहरूले डिशहोमका सेवा लिएर उच्च गुणस्तरका ग्याजेटहरू अर्धमूल्यमा प्राप्त गर्न सक्नेछन्।
यो विशेष छुट पाउनको लागि, ग्राहकहरूले डिशहोम इन्टरनेट वा टिभी सेवा ३-६-१२-२४ महिनाका लागि सब्स्क्राइब वा रिचार्ज गर्नुपर्नेछ। त्यसपछि उनीहरूले ५०५ छुटमा हाई फ्युचर का स्मार्ट ग्याजेटहरू अनलक खरिद गर्न सक्नेछन्।
यस योजनामा समावेश गरिएका ग्याजेटहरू कुनकुन हुन् ?
सोनिक एयर एयरबड : अब केवल रु. १,७४९ (बजार खुद्रा मूल्य रु. ३,४९९)
जोन २ स्मार्टवाच : अब केवल रु. २,७४९ (बजार खुद्रा मूल्य : रु. ५,४९९)
भोकल स्पिकर : अब केवल रु. ४,४९९ (बजार खुद्रा मूल्य : रु. ८,९९९)
डिशहोमले केवल इन्टरनेट र टिभी सेवा मात्रै होइन, ग्राहकको दैनिक जीवनशैलीलाई स्मार्ट र सजिलो बनाउन प्रिमियम एक्सेसोरीहरू पनि ल्याउने भएको छ ।
यो अफर आजैदेखि लागू भएको छ। इच्छुक ग्राहकहरूले डिशहोमको वेबसाइटमार्फत सजिलै यी प्रोडक्टहरू खरिद गर्न सक्नेछन्।
“ल्यानिज हब सँगको सहकार्यमार्फत हामीले विश्वस्तरीय हाई फ्युचर उत्पादनहरू नेपाली ग्राहकहरूका लागि किफायती मूल्यमा उपलब्ध गराउन पाएका छौँ। यो केवल अफर होइन, डिजिटल जीवनशैलीलाई आत्मसात गर्ने एउटा अवसर हो,” डिसहोमले जनाएको छ ।
यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरूका लागि लागू हुने छ, जसले डिशहोम अनुभवलाई अझ समृद्ध बनाउनेछ।
यससँगै, सबै हाई फ्युचर उत्पादनहरूमा अतिरिक्त १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । यसका लागि प्रोमो कोड 'CHILLFI15' प्रयोग गर्न सकिन्छ ।