नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • नेपाल–चीन सम्बन्ध विस्तारमा कुनै कमी हुनेछैन : प्रधानमन्त्री

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् । 

    images
    images

    शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनले चीनसँगको मित्रता व्यापक बनाइने बताएका हुन् । 

    प्रधानमन्त्री ओलीले भने, ‘दुई देशबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सवालमा सरकारको तर्फबाट कुनै पनि कसर बाँकी राखिनेछैन । मित्रताका लागि गच्छे चाहिँदैन । गच्छेअनुसार पारस्परिक सम्बन्ध बढाइनेछ । अझ व्यापक बनाइनेछ ।’

    प्रधानमन्त्री ओलीले नेपाल र चीन अन्यन्तै पूराना र ऐतिहासिक देशहरु भएको भन्दै नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताए । ‘यसले पुस्तापुस्तासम्म आपसी मित्रता बढ्दै जान सघाउनेछ । बहुआयामिक सम्बन्धलाई बढाउँछ । सम्बन्धहरु लेनदेनको मात्रै हुँदैनन्, पारस्परिक भावना र सांस्कृतिक विविध पक्षहरु हुन्छन्,’ प्रधानमन्त्री ओलीले भने । 

    कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, व्यवसाय नेतृवत्व पुरस्कारबाट राजेशकाजी श्रेष्ठ र वीरेन्द्रराज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गरिएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com