बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन : मन्त्री दाहाल

    काठमाडौँ /  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन् । 

    images
    images

    शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको बताए । 

    उनले भने, ‘बाँकी सडकहरु बनाउने काम भइरहेको छ । बजेटको सिमितता सबैलाई थहा नै छ । प्रर्याप्त बजेट राखेर बनाउन सकिरहेका छैनौ । हरेक आर्थिक वर्षमा ५, ६ सय मिटर वा १ किमि बनाउनु पर्ने बाध्यात्मक स्थिती छ ।’

    यस्तै, उनले वातावरणमैत्री र अपाङ्गमैत्री सडक संरचनाहरु बनाउनुपर्छ भन्ने विषय उठेको भन्दै त्यसतर्फ मन्त्रालय लागेको पनि बताए । 

    उनले भने, ‘कलंकी–बसुन्धरा ८.२ किमि सडकको सन्दर्भमा लामो प्रतिक्षापछि अगाडि बढेको छ । अब विस्तारै संविधान र मन्त्रालयमा नै पनि वातावरणमैत्री, अपाङ्गमैत्री सडक संरचनाहरु बनाउनुपर्छ भन्ने विषय उठेको छ । हामीले लिफ्टको कुरा पनि अगाडि सारेका छौ । ठाँउ ठाँउमा जेष्ठ नागरिकहरुको लागि सजिलो हुने गरि लिफ्टबाट माथि चढेर आकाशे पुल तर्ने खालको विषय उठेको छ ।’ 

    उनले बसुन्धरादेखि उताको सडकसरकारले नै बनाउने भनेपनि रकम थोरै भएको हुनाले गति अलि धिमा भएको भन्दै अहिले रिङ्रोड एरिया पनि एकदमै राम्रो तरिकाले अगाडि बढेको बताए । 

    साथै, सडक निर्माणको क्रममा हुने जामलाई कसरी व्यवस्थित गर्ने भन्ने सन्दर्भमा विभिन्न प्रकारको मोडलहरु पनि सोचि रहेको उनको भनाई छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com