आज मिति वि.सं. २०८२ साल साउन २ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १८ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, अष्टमी तिथी, अश्विनी नक्षत्र, आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मेष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यापार व्यवसाय फस्टाएर आर्थिक अवस्था मजबुत हुनेछ। आत्मविश्वास बढ्ने, प्रतिष्ठित कार्यमा अवसर पाइनेछ। पारिवारिक जमघट, स्वादिष्ट भोजन र उपहारले उत्साह बढ्नेछ। पढाइमा प्रगति हुनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट र नयाँ प्रस्तावले मन प्रसन्न हुनेछ। स्वास्थ्य र गोपनीयतामा सावधानी अपनाउनु पर्ने समय हो।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आर्थिक कारोबारमा सचेत रहनु पर्ने समय हो, सानो गल्तीले जरिवाना वा क्षति हुन सक्छ। खर्च बढ्ने सम्भावना रहेकाले योजना आवश्यक छ। विदेशी व्यापार फस्टाउने छ भने यात्राबाट अवसर मिल्नेछ। लेनदेनमा सोचविचार गरी मात्र निर्णय गर्नुहोस्। पुराना वस्तु त्यागेर नयाँ प्राप्तिको सम्भावना छ। लगानीको उपयुक्त समय हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्राकृतिक स्रोत र पैतृक सम्पत्तिको प्रयोगले आम्दानी बढ्नेछ। व्यापारमा थन्किएका वस्तु बिक्री भई अड्किएको रकम प्राप्त हुनेछ। नयाँ अवसर र आम्दानीका स्रोत खुल्नेछन्। श्रमको उचित मूल्याङ्कन भई राम्रो प्रतिफल पाइनेछ। सामाजिक सञ्जाल प्रयोगले सन्देश फैलिनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ र आर्थिक उत्साह बढाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पुर्ख्यौली सम्पत्ति, भूमि र सवारी साधनबाट आर्थिक लाभ मिल्नेछ। शुभचिन्तक तथा माननीयको सहयोगले काममा सहजता र सफलता पाइनेछ। मेहनतले पद, प्रतिष्ठा र आम्दानी दुबै दिलाउनेछ। पुराना विवाद सल्टिएर लाभ हुनेछ। कार्यक्षेत्रमा कीर्तिमानी कामले चर्चा पाउनेछ। आर्थिक पक्ष सबल रहँदै नयाँ अवसरहरू प्राप्त हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार व्यवसायमा लगानी बढाई नाफा कमाउने उत्तम समय हो। सामाजिक कामले प्रतिष्ठा र अवसर दुबै दिलाउनेछ। लगनशीलताले नयाँ आर्थिक स्रोत खुल्नेछन्। धर्मकर्म र तीर्थ यात्रामा खर्च बढ्न सक्छ। स्वास्थ्यमा कमजोरी आए पनि निरन्तर प्रयासले सफलता मिल्नेछ। भविष्यका लागि सम्भावना खोज्ने समय रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नसोचेको धन तथा आर्थिक सहयोग प्राप्त हुने सम्भावना छ। खोजमूलक कामबाट फाइदा मिल्नेछ। खर्चमा वृद्धि र चुनौती बढ्ने भएकाले सावधानी आवश्यक छ। दौडधुप पछि मात्र उपलब्धि मिल्नेछ। तत्काल लाभ कम भए पनि दीर्घकालीन फाइदाका लागि लगनशीलता जरुरी हुनेछ। मिहिनेतको प्रतिफल पक्कै प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकल वा साझेदारी व्यवसायमा लगानी गरेर नाफा कमाउने अवसर छ। आम्दानी बढाउने नयाँ काम सुरु गर्न सकिनेछ। आफन्त र साथीभाइको सहयोगले कार्य सफल हुनेछ। पढाइमा राम्रो नतिजाले प्रतिष्ठा बढ्नेछ। यात्रासँगै खर्च पनि हुनेछ, तर पारिवारिक साथले उत्साह मिल्नेछ। प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पढाइ, पदोन्नति र प्रतिस्पर्धामा सफलता मिल्नेछ। खर्च बढे पनि भौतिक साधन जुट्नेछन्। बुद्धिको प्रयोगले प्रतिष्ठा र अधिकार जोगाउन सकिनेछ। न्यायिक निर्णय र प्रतिस्पर्धामा विजय मिल्नेछ। लगनशीलताले नयाँ काम र लगानीको अवसर दिलाउनेछ। मिहिनेतको प्रतिफलस्वरूप आर्थिक र व्यावसायिक उन्नति सम्भव हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सबैको सहयोगले काममा उत्साह आउनेछ। व्यापारमा लगानी गरेर सोचेजस्तो आम्दानी हुने सम्भावना छ। प्रविधिको प्रयोगले अध्ययन र काममा सहजता आउनेछ। दिगो र योजनाबद्ध कामको थालनी हुनेछ। केही चुनौती भए पनि अवसरले उत्साह दिनेछ। मिहिनेत र गुरुजनको सहयोगले आर्थिक प्रगति सम्भव हुनेछ। योजना गोप्य राख्नुपर्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनीति, समाजसेवा र व्यवसायमा परिश्रमले पद प्रतिष्ठा र आर्थिक लाभ दिलाउनेछ। कृषि र पशुपालनबाट पनि आम्दानी राम्रो हुनेछ। माया प्रेममा नजिकिने समय छ। कामको मूल्यांकन राम्रो भए पनि प्रतिफलमा ढिलाइ हुन सक्छ। पारिवारिक सद्भाव कमजोर हुन सक्छ, तर आफन्तको सहयोगले सफलता सम्भव हुनेछ। योजना गोप्य राख्नुपर्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक स्तर उच्च हुँदा भाग्य बलियो हुनेछ। अध्ययन, धार्मिक कार्य र राजनीतिक सक्रियताले ख्याति बढाउनेछ। मेहनत, धैर्य र आत्मविश्वासले सफलताको मार्ग खोल्नेछ। सहयात्री र स्रोत जुटेर ठूलो काम गर्न सकिनेछ। उचित प्रतिफल र लाभांशले दैनिकी सुधार्नेछ। नयाँ कार्यशैलीले लोकप्रियता ल्याउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बौद्धिक स्तर उच्च हुँदा भाग्य बलियो हुनेछ। अध्ययन र धार्मिक कार्यले सफलता र ख्याति मिल्नेछ। मेहनत, धैर्य र आत्मविश्वासले ठूलो उपलब्धि दिलाउनेछ। स्रोत र सहयोग जुटेर दिगो काम थाल्न सकिनेछ। नोकरी र राजनीतिमा प्रभावशाली परिचय बन्नेछ। नयाँ कार्यशैलीले लोकप्रियता र लाभांश वृद्धि गराउनेछ।