वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन

    नेपालको एक मात्र महिलाभलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रूपमा भित्रिएको छ । आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिगको लागि लुम्बिनी लाभाज नयाँ जोश बोकेर आएको छ । पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो ।

    images
    images

    एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ । लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ ।

    लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान लिने लक्ष्य रहनेछ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरु आउने क्रम बढेको छ ।

    लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्नेछ ।

    “एभरेष्ट महिला भलिबल लिगको अक्सन पनि साउन २ गते हुँदैछ र यो ऐतिहासिक अक्सनको हिस्सा हुन लुम्बिनी लाभा तयार रहेको जानकारी गराउँछौँ,” लुम्बिनी लाभाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com