काठमाडौँ / अन्तरजातीय प्रेमकथा आधारित नेपाली फिल्म ‘जदौ’ को निर्माण घोषणा गरिएको छ । राजधानीमा भएको कार्यक्रममा कलाकार मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले फिल्मको गीत वाचन गर्दा माहोल निकै भावुक बनेको थियो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुदैँन’ वाचन गर्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले फिल्मको नाम सार्वजनिक गरे ।
फिल्म ‘जदौ’ को निर्देशन काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रूपमा गर्नेछन् भने भदौको पहिलो साताबाट छायाङ्कन सुरु हुनेछ।
फिल्म जातीय भेदभाव र अन्तरजातीय प्रेममा आधारित रहेको छ र यसले समाजमा अझै पनि रहेको विभेदको विरुद्ध आवाज उठाउने लक्ष्य लिएको छ ।
कलाकारहरूले आफूले अहिलेसम्म नगरेको नयाँ र चुनौतीपूर्ण भूमिका पाएको बताउँदै यस फिल्मले आफ्नो करिअरलाई नयाँ मोड दिने विश्वास व्यक्त गरे ।
दाङ र प्युठानका विभिन्न ठाउँमा छायांकन हुने यो फिल्ममा गीत, द्वन्द्व र कला सबै पक्षमा अनुभवी टिमको सहभागिता रहनेछ । कार्यक्रममा ७ जना सञ्चारकर्मीलाई ‘लक्की सेभेन गिफ्ट’ दिइएको थियो जसमा दैनिक उपयोगी सामानहरू प्रदान गरिएको थियो ।