चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • चन्द्रागिरिको बजेट दुई अर्ब ९३ करोड ४६ लाख पारित

    काठमाडौँ / चन्द्रागिरि नगरपालिकाको नगर सभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ ।  

    images
    images

    नगर सभाको १६ औँ अधिवेशनले चालु खर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ । सभामा नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

    नगरप्रमुख घनश्याम गिरीले बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे। 

    उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्दै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com