इन्जिनमा प्राविधिक समस्या देखिएपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

इन्जिनमा प्राविधिक समस्या देखिएपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • इन्जिनमा प्राविधिक समस्या देखिएपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

    दिल्लीबाट गोवा जाँदै गरेको इन्डिगो एयरलाइन्सको विमान बुधबार  मुम्बई विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । उडानको केही समयपछि नै विमानको इन्जिनमा प्राविधिक समस्या देखिएपछि पाइलटले सतर्कता अपनाउँदै करिब १७ मिनेटसम्म विमानलाई आकासमा घुमाएर सुरक्षित अवतरण गराएका हुन्।

    images
    images

    गत जुन १२ मा अहमदाबादमा भएको विमान दुर्घटनापछि भारतमा विमानहरूमा प्राविधिक समस्याका घटना लगातार सार्वजनिक भइरहेका छन्। 

    एक आरटीआई (राइट टु इन्फरमेसन) प्रतिवेदन अनुसार, विगत पाँच वर्षमा भारतमा इन्जिन फेल भएका ६५ वटा घटना दर्ता भएका छन्। यस्तै, बुधबार बिहान दुबईबाट लखनउ आएको एयर इन्डिया एक्सप्रेसको विमानमा पनि प्राविधिक समस्या देखिएको थियो। 

    बोर्डिङपछि इन्जिन सुरु गर्दा समस्या देखिएको र इन्जिनियरहरूले प्रयास गरे पनि समस्या समाधान हुन नसकेपछि उडान रद्द गरिएको हो। सो विमानमा रहेका १६६ यात्रुलाई होटलमा राखिएको छ।

    मङ्गलबार पनि दिल्लीबाट पटना गइरहेको इन्डिगोको अर्को विमानलाई पटना विमानस्थलमा अवतरणको बेला ‘गो अराउन्ड’ गर्नुपरेको थियो । 

    अस्थिर एप्रोचका कारण पाइलटले पहिलो प्रयासमा विमानलाई फेरि आकासमा लैजानुपरेको र दोस्रो प्रयासमा सुरक्षित अवतरण गराएको जनाइएको छ।

    यसअघि, जुलाई ९ मा दिल्ली जाँदै गरेको इन्डिगोको विमान चरा ठोक्किएपछि उडानको केही समयमै पटना फर्किएको थियो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com