आजदेखि सुनका गहनामा २ प्रतिशत विलासिता कर लागु हुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

आजदेखि सुनका गहनामा २ प्रतिशत विलासिता कर लागु हुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • आजदेखि सुनका गहनामा २ प्रतिशत विलासिता कर लागु हुँदै, अन्य कुन कुन बस्तुमा लाग्दैछ कर ?

    काठमाडौँ / आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागु हँुदै छ । नयाँ आर्थिक वर्ष २०८२/८३ को सुरुवातसँगै सरकारले बजेटमा घोषणा गरेको कर लागु हुन लागेको हो ।

    images
    images

    नयाँ आवमा सरकारले करका दरहरु हेरफेर गर्ने भएकाले आजदेखि टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर पनि लागु हुने भएको छ । 

    आजैदेखि सुन तथा बहुमूल्य धातुका गरगहनाको मूल्य र पाँचतारे होटलको सेवामा विलासिता कर लागू भएको छ ।

    सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को बिरोध गर्दै आएका छन भने सरकारले यो अध्ययनका लागि समित बनाएको छ । उक्त समितीले दिएको सुझाबका आधरमा सरकारले करमा केहि हेरफेर गर्न सक्ने बताइएको छ ।

    आर्थिक ऐनको दफा १ देखि ४, ६ देखि १२, २० देखि ३३, ३४–३६ २ ३८ जेठ १५ रातिबाटै लागू भइसकेका छन् । 

    त्यसैगरी, ऐनको दफा १३ देखि १९ र ३३ मा भएको व्यवस्था भने आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन अर्थात आजबाट लागु भएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com