आज साउन १ गते देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै

आज साउन १ गते देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • आज साउन १ गते देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै

    सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभरी स्नान, दान, पूजापाठ र आफन्तसँग जमघट गरी रमाइलो गरेर मनाइँदैछ।

    images
    images

    सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई प्राचीन परम्परा अनुसार साउने सङ्क्रान्तिको रूपमा मनाइन्छ। यस दिनदेखि सूर्य दक्षिणायन यात्रा सुरु हुन्छ। यो दक्षिणायन अवधि माघ १ गते सुरु हुने उत्तरायणसँग विशेष रूपमा जोडिन्छ र दुवैलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ।

    नेपालका किसानहरू असार महिनाभरि कृषि कर्ममा व्यस्त रहने हुँदा साउन १ गते भने आफन्तसँग जमघट गरी विश्राम र रमाइलो गर्ने परम्परा छ। यस पर्वसँगै हिलो मैलोले लाग्ने छालासम्बन्धी रोगलाई निको पार्न लुतो फाल्ने चलन रहेको छ। धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार लुतो फाल्नु स्वास्थ्य र सामाजिक दुवै अर्थमा महत्त्वपूर्ण मानिन्छ।

    पर्वको अवसरमा ‘कण्डारक’ नामक राक्षसको पूजा गरी विभिन्न औषधीय वनस्पति जस्तै कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा र नास्पाती राखेर अगुल्टो फालिन्छ। यसरी रोग र नकारात्मकता हटाउने विश्वास गरिन्छ। साथै, कुल परम्पराअनुसार लुतो फाल्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन समेत नेपाली समाजमा प्रचलित छ।

    साउन महिनालाई भगवान् शिवको पूजा गर्ने महत्त्वपूर्ण महिना पनि मानिन्छ। महिलाहरू विशेष गरी हरियो चुरा र कपडा लगाएर प्रकृतिसँग नजिक रहेको देखाउने परम्परा छ। यस समयमा हरियो र रातो पहिरनको बिक्री बढी हुने गरेको छ।

    यसरी साउने सङ्क्रान्ति पर्वले कृषि, स्वास्थ्य, धार्मिक र सामाजिक पक्षलाई समेटेर नेपाली समाजमा गहिरो सांस्कृतिक महत्त्व राखेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com