नयाँ आर्थिक बर्षको पहिलो दिन कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

नयाँ आर्थिक बर्षको पहिलो दिन कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • नयाँ आर्थिक बर्षको पहिलो दिन कुन देशको मुद्राको बिक्री विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    images
    images

    युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०७ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा,थाई भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ सात पैसा र बिक्रीदर १४ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ३५ पैसा र बिक्रीदर २१ रुपैयाँ ४४ पैसा तोकिएको छ ।

    त्यस्तै,हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुयैयाँ ३८ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ९३ पैसा रहेको छ । 

    भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

    binimaya1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com