एभरेष्ट महिला भलिबल लिगको अक्सनको तयारी पूरा

एभरेष्ट महिला भलिबल लिगको अक्सनको तयारी पूरा

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • एभरेष्ट महिला भलिबल लिगको अक्सनको तयारी पूरा

    ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल लिगको ऐतिहासिक अक्सनको तयारी पूरा भएको छ । ऐतिहासिक अक्सन कार्यक्रम साउन २ गते सोल्टी होटलमा दिउँसो ३ बजे देखि सुरु हुनेछ ।

    images
    images

    नेपाली भलिबलको ईतिहासमै गत वर्ष पहिलो पटक महिलाको फ्रेन्चाईज लिग एभरेष्ट महिला भलिबल लिग सफलतापूर्वक आयोजना भएको थियो । त्यसैको निरन्तरता स्वरुप यस वर्ष दोस्रो संस्करण आगामी भदौमा आयोजना हुँदैछ ।

    दोस्रो संस्करणमा आईपुग्दा एभरेष्ट महिला भलिबल लिगले खेलाडीको अक्सन मार्फत अर्को ईतिहास रच्दैछ ।

    अक्सनमा सहभागी ६ फ्रेन्चाईजले खेलाडीहरुमाथि बोली लगाउनेछन् र आफ्नो अनुकुलको खेलाडी लिनेछन् । यसले नेपाली महिला भलिबलमा अर्को फड्‌को मार्ने हाम्रो विश्वास छ ।

    लिगको दोस्रो संस्करणमा साविक विजेता कर्णाली यशविस, ललितपुर क्विन्स, काठमाडौँ स्पाईकर्स, मधेश युनाईटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले प्रतिस्पर्धा गर्नेछन् ।

    अक्सनमा कूल ६८ खेलाडी समावेश छन् । उनीहरुलाई ए, बी र सी क्याटेगोरीमा विभाजन गरिनेछ ।

    हरेक टिमले अक्सनबाट क्याटेगोरी ए बाट १, क्याटेगोरी बी बाट ३ र क्याटेगोरी सी बाट ३ खेलाडी अनिवार्य लिनुपर्नेछ ।

    क्याटेगोरी ए मा १३ खेलाडी छन् । जसबाट हरेक टिमले १(१ मार्की खेलाडी छनोट गरेपछि अक्सनका लागि ७ खेलाडी उपलब्ध हुनेछ । यस्तै क्याटेगोरी बी मा ४३ खेलाडी छन् । 

    क्याटेगोरी सी मा १८ खेलाडी छन् । क्याटेगोरी ए मा अनसोल्ड भएका खेलाडीहरु स्वत क्याटेगोरी बी मा घटुवा हुनेछन् भने क्याटेगोली बी मा अनसोल्ड भएका खेलाडी क्याटेगोरी सी मा घटुवा हुनेछन् ।

    एभरेष्ट महिला भलिबल लिगको अक्सनले नेपाली महिला भलिबल लिगलाई अर्को स्टेजमा पुर्याउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com