मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

बिहिवार, साउन १ २०८२
बिहिवार, साउन १ २०८२
  • मन्त्री बलराम अधिकारीको एक वर्षे कार्यकालमा गरेका यस्ता छन् उपलब्धिहरू

    काठमाडौँ /  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् ।
    बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले आर्थिक वर्ष २०८१/८२ मा भएका र गरेका महत्त्वपूर्ण कार्यहरू सार्वजनिक गरेका हुन् ।

    images
    images

    मन्त्री अधिकारीको सबैभन्दा उल्लेखनीय उपलब्धि भनेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि गठन गरिएको भूमि समस्या समाधान आयोग हो ।

    २०८१ मा गठित आयोगमार्फत हालसम्म ११ लाख २६ हजारभन्दा बढी नागरिकको विवरण संकलन भइसकेको छ । ७५० स्थानीय तहसँग सहमति भई काम अघि बढाइएको छ भने २ लाख ८१ हजार कित्ताको नापनक्सा कार्य सम्पन्न भइसकेको छ ।

    त्यस्तै, जग्गा प्रशासनको डिजिटल प्रवाहलाई तीव्र बनाउँदै ९२ वटा नापी कार्यालयमा ‘मेरोकित्ता’ प्रणाली लागू गरिएको छ । 
    यस्तै सहकारी क्षेत्रमा सुधार र पारदर्शिता कायम गर्न १०२ बुँदे निर्देशिका लागू गरिएको छ । 

    मन्त्रालयले भूमि ज्ञान केन्द्र, भूमि प्रशासन निर्देशिका, भूमि साक्षरता कार्यक्रम, प्रमाणीकरण, लगायत नीतिगत तथा संस्थागत सुधारका कामहरूलाई तीव्रता दिएको छ । भूमिहीन व्यवस्थापनको सन्दर्भमा कार्यविधिहरू संशोधन गरी सेवा सहज बनाइएको छ ।

    एक वर्षको अवधिमा ५१ अर्ब ४२ करोड मालपोत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । साथै, महिला, अपाङ्ग र अन्य वर्गलाई ४ अर्ब ६९ करोड बराबरको राजस्व छुट दिइएको छ ।

    बाढी र पहिरो प्रभावित क्षेत्रहरूको सर्भेक्षण तथा क्षति मूल्याङ्कनमा भूउपग्रह प्रणालीको प्रयोग गरिएको छ । पनौतीको रोशी खोला क्षेत्रमा नियन्त्रण विन्दु स्थापना गरिएको छ ।

    यस्तै, नवीनतम प्रविधिको प्रयोग गर्दै भूमि साक्षरता अभियान, नाप नक्सा डिजिटाइजेसन, र भूउपयोग योजना तर्जुमा जस्ता कार्यहरू समेत प्रभावकारी रुपमा अघि बढाइएका छन् ।

    सामान्य सेवाग्राहीका लागि लाइनमा नबसी सेवा प्राप्त गर्न सकिने व्यवस्था २६७ कार्यालयमा लागू गरिएको छ । साथै, सेवा सहज बनाउन प्रत्येक कार्यालयमा कर्मचारीको नाम, सम्पर्क र जिम्मेवारी सार्वजनिक गरिएको छ ।

    यसरी मन्त्री अधिकारीको नेतृत्वमा भूमि, सहकारी तथा गरिबी निवारण क्षेत्रमा नीति, प्रविधि र सेवाप्रवाहका दृष्टिले एक वर्षमै उल्लेखनीय सुधार र संस्थागत विकास भएको देखिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com