काठमाडौँ / साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुगेर रोकिएको छ ।
नेप्सेमा वृद्धि भएसँगै आज शेयर कारोबार रकममा पनि वृद्धि भएको छ । यस दिन कुल ३१७ स्टकको ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ रुपैयाँ बराबरको २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर खरिद विक्री भएको छ । यस अघि सोमबार ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ रुपैयाँ बराबरको दुई करोड ११ लाख २ हजार ५४० कित्ता शेयर खरिद विक्री भएको थियो ।
आज सेन्सेटिभ इन्डेकस ७.०४ अंकले बढेको छ । फ्लोट इण्डेक्स २.६० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.५७ अंकले बढेको छ । यस दिन सुपरमादी हाइड्रो पावर लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै बढेको छ ।
सुपरमादी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ७९.६३ रुपैयाँले बढेर १०६४.९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको शयेर मूल्य प्रतिकित्ता १९.३६ रुपैयाँले बढेर ३४९.६२ रुपैयाँमा अन्तिम काराबोर भएको छ र बिन्ध्यबासीनी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.७२ रुपैयाँले बढेर ४९५.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन बुटवल पावर कम्पनी, निफ्राको हरित ऋण पत्र, राधी जलविद्युत र एनआइसी एशिया बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।
त्यसैगरी यसदिन भगवति हाइड्रोपावर विकास कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४६.४५ रुपैयाँले घटेर ९५५.१३ रुपैयाँमा अन्तिम काराबोर भएको छ । ग्लोबल आइएमइ बैंकको ऋण पत्र प्रतिकित्ता ४५ रुपैयाँले घटेर ११३० रुपैयाँमा अन्तिम कारोार भएको छ । त्यसैगरी, शुभम पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता २८.५२ रुपैयाँले घटेर ८२८.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।