औरियमको नेतृत्वमा डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता

औरियमको नेतृत्वमा डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • औरियमको नेतृत्वमा डाना कप २०२५ मा नेपालको ऐतिहासिक सहभागिता

    काठमाडौँ / युरोपको सबैभन्दा प्रतिष्ठित युथ फुटबल प्रतियोगितामध्ये एक डाना कप २०२५ मा नेपालले ऐतिहासिक सहभागिता जनाउने भएको छ । 

    औरियम एकेडेमीको नेतृत्वमा रातो बंगला स्कुल र संस्कृति इन्टरनेशनल स्कुलका तीन टोलीहरू प्रतियोगितामा सहभागी हुने भएका हुन् । 

    जसले नेपाली युवा फुटबलको लागि नयाँ युगको संकेत दिएको छ।

    प्रतियोगितामा सहभागी हुने टोलीहरूमा रातो बंगला स्कुलको ग्ज्ञद्द ब्वाइज, ग्ज्ञद्ध गर्ल्स र संस्कृति इन्टरनेशनल स्कुलको ग्ज्ञद्ध ब्वाइज टोली रहेका छन्। 

    विशेषतः रातो बंगला स्कुलको ग्ज्ञद्ध गर्ल्स टोली युरोपियन फुटबल प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली बालिका टोली बन्ने ऐतिहासिक कीर्तिमान राख्दैछ।

    यो उपलब्धिले न केवल सहभागी विद्यालयहरू र औरियम एकेडेमीको प्रतिष्ठा बढाएको छ, तर नेपालको बालिका फुटबल इतिहासमा पनि नयाँ अध्याय कोरेको दावी गरिएको छ।

    विद्यालयहरूले लामो समयदेखि विद्यार्थीहरूको समग्र शैक्षिक र व्यक्तिगत विकासमा जोड दिँदै आएका छन्। उनीहरूको औरियमसँगको सहकार्यले युवाहरूको खेलकुद प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने दिशामा निर्णायक भूमिका खेलेको देखिन्छ।

    खेलाडीहरूको तयारी प्रक्रिया प्रेरणादायक रह्यो - जहाँ उनीहरूले दक्ष प्रशिक्षकहरूबाट शारीरिक, प्राविधिक र मानसिक पक्षमा उच्चस्तरको प्रशिक्षण प्राप्त गरे।

    यस सम्पूर्ण सहभागिताको मुख्य संयोजन र व्यवस्थापनको भूमिका औरियम एकेडेमीले निर्वाह गरेको छ।

    "Sports for Mental Health" र ग्रासरुट फुटबल विकासलाई प्राथमिकता दिँदै आएको संस्थाले यो अभियानलाई ‘एक धरोहर’को रूपमा अगाडि बढाउँदै आएको छ।

    अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूको निरन्तर उपस्थितिलाई सुनिश्चित गर्नु औरियमको दीर्घकालीन उद्देश्य रहेको बताइएको छ।

    “यी टोलीहरू जब युरोपेली मैदानमा उत्रिन्छन्, उनीहरूसँगै नेपालको सपना, आत्मविश्वास र प्रेरणा बोकेर जान्छन्।” औरियम एकेडेमीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो सहभागिता केवल फुटबल प्रतियोगिता मात्र नभई नेपालको युवा फुटबल पुनर्जागरणतर्फको ठोस कदम ‘उज्यालो, सशक्त र आशालाग्दो भविष्यतर्फ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com