नेपाल बैंकद्वारा सडक दुर्घटनामा मृत्यु भएका शिक्षकका परिवारलाई बिमा दाबी रकम भुक्तानी

नेपाल बैंकद्वारा सडक दुर्घटनामा मृत्यु भएका शिक्षकका परिवारलाई बिमा दाबी रकम भुक्तानी

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • नेपाल बैंकद्वारा सडक दुर्घटनामा मृत्यु भएका शिक्षकका परिवारलाई बिमा दाबी रकम भुक्तानी

    मकवानपुर / नेपाल बैंक लिमिटेडले आफ्ना तलब खाता ग्राहकको दुर्घटनामा मृत्यु भएपछि बिमा दाबी रकम भुक्तानी गरेको छ। नेपाल बैंकले मकवानपुर जिल्ला, थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माविमा कार्यरत शिक्षक तथा बैंकको, पालुङ शाखाका कर्मचारी तलब खाता ग्राहक रघुनन्दन यादवको गत जेठ १२ गते थाहा नगरपालिका–३ मा सडक दुर्घटनामा परि निधन भएपछि बैंकले  बिमा रकम वापत रु. ५ लाख भुक्तानी गरेको हो।

    बैंकका अनुसार कर्मचारी तलब खाता योजनाअन्तर्गत खाता खोलेको एक वर्षभित्र ग्राहकको मृत्यु भएमा अधिकतम ५ लाख रुपैयाँको दुर्घटना बीमा पाउने सुविधा उपलब्ध छ। सोही योजनाअनुसार मृतक यादवको परिवारले बिमा दाबी रकम प्राप्त गरेको हो।

    असार २२ गते  मृतक रघुनन्दन यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै बिमा रकमको चेक मृतक यादवकी श्रीमती अमिरा कुमारी यादवलाई हस्तान्तरण गरे ।

    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पाण्डेयले नेपाल बैंकले आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षा र सेवा सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएको र भविष्यमा पनि यस्ता सेवाहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

    बिमा रकम प्राप्त गरेपछि यादवले दुःखको समयमा कुनै झन्झट विना सहज रूपमा प्राप्त आर्थिक सहयोगले परिवारको गुजारा चलाउन राहत मिलेको महसुस भएको बताइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com