बरुण हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासन, साउन १९ गतेसम्म आवेदन दिन सकिने

बरुण हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासन, साउन १९ गतेसम्म आवेदन दिन सकिने

मंगलवार, असार ३१ २०८२
मंगलवार, असार ३१ २०८२
  • बरुण हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासन, साउन १९ गतेसम्म आवेदन दिन सकिने

    काठमाडौँ / बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर आजदेखि निष्कासनमा रहेको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।

    गत जेठ २१ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि अगामी साउन १९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
    हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

    लगानीकर्ताले आरबीबी मर्चेन्ट बैंक सहित राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।  
    यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’बाट समेत आवेदन दिन सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com