काठमाडौँ / सीताराम डेरी र कीर्तिपुर नगरपालिका – ४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शुक्रबार लाइफ ज्याकेट वितरण गरिएको छ ।
बाढी पहिरो जस्ता विपद्हरू सूचना दिएर आउँदैन, विपद् न्यूनीकरणका लागि पूर्व तयारी नै महत्त्वपूर्ण हुने र यस्ता घटनाहरूको न्यूनीकरण गर्न पूर्व तयारी आवश्यक हुने भन्दै कम्पनीले सुरक्षा निकायलाई लाइफ ज्याकेट वितरण गरेको हो ।
जिवन रक्षा नै मानवीय धर्म मानिने हाम्रो संस्कारलाई चलायमान गर्न विपतमा सुरक्षाकर्मीको मात्रै होइन सबैको दायित्व रहने भन्दै निजी क्षेत्रबाट गरिएको यस्ता सहयोगले समुदायमा एउटा सकारात्मक सन्देश प्रदान गर्ने यस कार्यक्रमले स्पष्ट गराउँछ ।
नेपालको भौगोलिक अवस्था र्नै पूर्व तयारी योग्य छ । यहाँ पहिरो, बाढी, हिमपात तिनैवटा कुराले जाखिम क्षेत्र मानिन्छ भने यस्तो विपतको समयमा सरक्षाकर्मीलाई उद्धार गर्न सहज वातावरण निर्माण गर्न केडिया फाउण्डेसन तथा सीताराम डेरीले विगतदेखि नै उद्धार सामाग्रीहरू सुरक्षा निकायलाई हस्तान्तरण गरिसकेको छ । यो नै उद्धार कार्य सुरक्षित बनाउने पहिलो कदम पनि हो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन, किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल, नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी महर्जन, वडा नं. ४ का वडाअध्यक्ष राजेन्द्र बाँनिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विधालयका प्रधानाध्यापक युवराज पराजुलीलगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विधालयका विधार्थीहरू, शिक्षक/शिक्षिकाहरूको उपस्थितिमा सुरक्षा निकायलाई लाइफ ज्याकेट हस्तान्तरण गरि कार्यक्रम समापन भएको थियो ।