एनआइसी एशिया बैंक र ई.स्टप नेपालबिच विशेष सम्झौता, ग्राहकहरूलाई रेष्टुरेन्ट र चार्जिङ स्टेशनमा विशेष छुट

एनआइसी एशिया बैंक र ई.स्टप नेपालबिच विशेष सम्झौता, ग्राहकहरूलाई रेष्टुरेन्ट र चार्जिङ स्टेशनमा विशेष छुट

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • एनआइसी एशिया बैंक र ई.स्टप नेपालबिच विशेष सम्झौता, ग्राहकहरूलाई रेष्टुरेन्ट र चार्जिङ स्टेशनमा विशेष छुट

    काठमाडौँ / एनआइसी एशिया बैंकका ग्राहकहरूले ई.स्टप नेपालमा विशेष छुट पाउने भएका छन् । बैंक र ई.स्टपनेपाल प्रा.लि.बिच रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएसँगै ग्राहकहरूले सो सुविधा प्राप्त गर्ने भएका हुन् । 

    सम्झौतापछि यस बैंकका ग्राहकहरूले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १० प्रतिशत र चार्जिङ स्टेसन सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    ई.स्टप नेपालले नवलपुरस्थित दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा रेष्टुरेन्टसँगै उपलब्ध गराएको चार्जिङ स्टेसनहरूमा विद्युतीय गाडी चार्ज गर्दै खानाको स्वादमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ । 

    ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा लिन सक्नुहुनेछ । 

    दीगो ग्रुप अफ कम्पनी अन्तर्गत रहेको ई.स्टप नेपालसँगको यस सहकार्यले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको बैंकका   सहायक प्रमुख कार्यकारी अधिकृत  अर्जुन राज खनियाले बताए ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com