काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार दलाल र विचौलियाको स्वार्थमा नतमस्तक भएको गम्भीर आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच पुगिसकेको जनाउँदै सरकार दलालहरूकै स्वार्थपूर्तिमा लागेको बताए।
“दलाल र विचौलियाको पक्षमा सरकार नतमस्तक बन्यो,” उनले भने, “प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ भन्ने कुरा आज आम नागरिकलाई थाहा भइसकेको छ।”
उनले सत्तारुढ दलकै नेता र जिम्मेवार पदाधिकारीहरूबाट संसदीय समितिबाट पारित विधेयकमाथि पनि विचौलियाले चलखेल गरेको भनी आरोप लागिरहेको उल्लेख गरे।
प्रचण्डले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूलगायतका घटनाहरू उदाहरण दिँदै नियामक निकायसमेत विचौलियाको इसारामा चलिरहेको बताए।
साथै, उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण दिँदै, सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।
“सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेको छ, जुन सुशासनको पूर्ण पतन र लोकतन्त्रका लागि खतरनाक संकेत हो,” अध्यक्ष प्रचण्डले भने।
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए ।
“सरकार कमिसन डिल र दलालको निर्देशनमा चल्ने प्रवृत्तिमा लागेर सुशासनको पूर्ण पतनतर्फ उन्मुख भएको छ । जुन लोकतन्त्रका लागि खतरनाक संकेत हो,”– उनले भने ।