क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सन १० लाख नाघ्यो, काठमाडौँ, कास्की र कैलालीमा बढी कारोबार

क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सन १० लाख नाघ्यो, काठमाडौँ, कास्की र कैलालीमा बढी कारोबार

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सन १० लाख नाघ्यो, काठमाडौँ, कास्की र कैलालीमा बढी कारोबार

    काठमाडौँ / नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले क्रस–बोर्डर फोनपे युपिआइ कारोबारमा १० लाखको ऐतिहासिक माइलस्टोन पार गरेको छ । 

    नेपालको डिजिटल भुक्तानी क्षेत्रमा नयाँ युगको सुरुवात गरेको फोनपेले क्षेत्रीय वित्तीय समावेशीताको दिशामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको हो । फोनपे नेटवर्कमार्फत प्रशोधित क्रस-बोर्डर युपिआइ ट्रान्जेक्सन १० लाख नाघेको छ । 

    यो उपलब्धिले भारतीय प्रयोगकर्ताहरूका लागि नेपालमा सुरक्षित, सहज र वास्तविक समयमा भुक्तानी गर्न सकिने सुविधालाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीको दावी छ।

    भारतीय पर्यटकहरूले नेपालमा क्रस-बोर्डर भुक्तानी गर्दा डिजिटल भुक्तानी प्रविधिको तीव्र अपनत्व देखिएको छ। अझ बढी भारतीय ग्राहकहरू युपिआइ सक्षम एप्स प्रयोग गरी फोनपे त्तच् स्क्यान गरेर सहज रूपमा भुक्तानी गर्न थालेका छन्। 

    यस अन्तरसञ्चालनीय प्रणालीको सफलताले क्रस-बोर्डर यात्रा, व्यापार र व्यक्तिगत खर्चमा डिजिटल विकल्पप्रतिको बढ्दो विश्वास झल्काउँछ।

    हालसम्म कुल युपिआइ ट्रान्जेक्सन सङ्ख्या १० लाख रहेको छ भने कुल युपिआइ कारोबार रकम २ अर्ब रुपैयाँं नाघेको छ । देशका सबै जिल्लामा युपिआइ कारोबार हुने र देशभर १ लाखभन्दा बढी व्यापारीहरूको पहुँच पुगेको कम्पनीको दावी छ । 

    खानपिन स्थल र रेस्टुरेन्ट, किराना पसल र होटल तथा रिसोर्टमा युपिआइ कारोबार हुने गरेको छ । काठमाडौँ, कास्की र कैलालीलगायतका जिल्लाहरूमा डिजिटल कारोबार हुने गरेका छन् । 

    फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित, PCI-DSS प्रमाणित, एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो, जसले ७७ वटै जिल्लामा १ लाखभन्दा बढी व्यापारी नेटवर्क विस्तार गरी क्षेत्रीय डिजिटल अर्थतन्त्रमा प्रभावशाली उपस्थिति जनाएको छ। 

    फोनपेका सिइओ दिवश सापकोटा भन्छन्, “१० लाख कारोबार पार गर्नु भनेको भारतीय ग्राहकहरूले नेपालमा डिजिटल भुक्तानीप्रति देखाएको विश्वास र सहजताको प्रमाण हो।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com