‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • images
    images
    ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक
    images
    images

    काठमाडौँ /  चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ ।

    पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि खैरो रङको मनी ब्याग छ ।
    कारागारको छेउ, अगाडि मनीब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, शान्त कलर अथाव निलो रङले पनि फेरि यसमा कन्ट्रयाडिक्सन थपेको छ । जे होसु पोस्टरले कौतुहल पैदा गरेको छ ।

    ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदैछ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात ९सेप्टेम्बर २२० मा रिलिज हुँदैछ ।
    चलचित्रले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा भन्ने बुझ्न सकिन्छ ।

    पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।

    सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु स् च्याप्टर–१’लाई सुशान्त गौतमले निर्देशन गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
    मुकेश खनालको लेखन रहेको यस चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन्  । ‘अभिमन्यु : च्याप्टर–१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

    जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com