महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त, राष्ट्र बैंकदेखि बिमा कम्पनीसमेतको कार्यानुभव

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त, राष्ट्र बैंकदेखि बिमा कम्पनीसमेतको कार्यानुभव

सोमवार, असार ३० २०८२
सोमवार, असार ३० २०८२
  • images
    images
    महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त, राष्ट्र बैंकदेखि बिमा कम्पनीसमेतको कार्यानुभव
    images
    images

    काठमाडौँ / महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा अश्विीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंकको असार २० गते बसेको सञ्चालक समितिको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको थियो । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) मा भएको व्यवस्था बमोजिम उनी स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त भएका हुन् । 

    ठाकुरसँग नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बिमा कम्पनी (साविकः राष्ट्रिय बिमा संस्थान)को प्रमुख कार्यकारी अधिकृत तथा मध्यपश्चिामञ्चल ग्रामीण विकास बैंक, हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, नेशनल बैंकिङ्ग इन्स्टिच्युट लिमिटेड लगायतका संगठित संस्थाहरूको बोर्ड सदस्यको जिम्मेवारीमा रही कार्य गरेको अनुभव रहेको छ । 

    असार २९ गते आइतबार गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच उनले पद बहाली गरेका हुन् । 

    साथै सोही कार्यक्रममा बैंकको सञ्चालक समिति सदस्यहरूले संयुक्त रूपमा उनलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् । 

    उनको  विगतको अनुभवले बैंकको समग्र संस्थागत सुशासन अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र ८ लाख ग्राहकहरू रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com