राष्ट्र बैंकको तथ्याङ्क : जेठ महिनामा मूल्यवृद्धि २.७२ प्रतिशत, रेमिट्यान्स १७६ अर्ब भित्रियो (पूर्णपाठसहित)

राष्ट्र बैंकको तथ्याङ्क : जेठ महिनामा मूल्यवृद्धि २.७२ प्रतिशत, रेमिट्यान्स १७६ अर्ब भित्रियो (पूर्णपाठसहित)

नेपाल सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड र राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    राष्ट्र बैंकको तथ्याङ्क : जेठ महिनामा मूल्यवृद्धि २.७२ प्रतिशत, रेमिट्यान्स १७६ अर्ब भित्रियो (पूर्णपाठसहित)
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८१/८२ को ११ महिनाको तथ्याङ्कमा आधारित आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेका छन् ।

    जसअनुसार जेठ मसान्तसम्म वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । ११ महिनामा शोधनान्तर स्थिति ४९१ अर्ब ४४ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ भने आयात १३.१ प्रतिशतले र निर्यात ७७.८ प्रतिशतले बढेको छ । 

    जेठ मसान्तसम्म विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा १५.५ प्रतिशतले र अमेरिकी डलरमा १२.७ प्रतिशतले बढेको छ । जेठ महिनाको विप्रेषण आप्रवाह १७६ अर्ब ३२ करोड रहेको छ । 

    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ ।  नेपाल सरकारको खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड र राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोड रहेको छ ।   

    विस्तृत मुद्राप्रदाय ८.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.० प्रतिशतले बढेको छ । 

    बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ८.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ८.० प्रतिशतले बढेको छ । वार्षिक  विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.७ प्रतिशत रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com