काठमाडौँ / प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा तिब्बती धर्मगुरु दलाई लामालाई जन्मदिनको शुभकामना दिइएको विषयमा चीनले आपत्ति जनाएको छ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भनिन्, “तिब्बतसम्बन्धी चीनको अडान स्पष्ट र दृढ छ। १४औँ दलाई लामा एक राजनीतिक निर्वासित हुन्, जो लामो समयदेखि चीन विरोधी गतिविधिमा संलग्न छन् र धर्मको आडमा तिब्बतलाई चीनबाट अलग गर्न चाहन्छन्।”
उनले भारतलाई चेतावनी दिँदै भनिन्, “भारतले तिब्बतसम्बन्धी मुद्दामा चीनप्रति व्यक्त गरेका प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ र यस्ता विषयलाई चीनका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने माध्यमको रूपमा प्रयोग गर्नु हुँदैन।”
सो अवसरमा केन्द्रीय मन्त्री किरेन रिजिजुलगायत थुप्रै भारतीय नेता धर्मशालामा आयोजित समारोहमा सहभागी भएका थिए।