हिमाली क्षेत्रमा महँगी उच्च, कुन बस्तुको मुल्यवृद्धि बढ्यो कुनको घट्यो ?

हिमाली क्षेत्रमा महँगी उच्च, कुन बस्तुको मुल्यवृद्धि बढ्यो कुनको घट्यो ?

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    हिमाली क्षेत्रमा महँगी उच्च, कुन बस्तुको मुल्यवृद्धि बढ्यो कुनको घट्यो ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्याङ्क अनुसार तुलनात्मक रूपमा हिमाली क्षेत्रमा बढी महँगी उच्च रहेको देखिएको छ । 

    देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७३, तराईको२.५८, पहाडको २.४८ र हिमालको ४.१८ प्रतिशत रहेको छ ।

    तथ्याङ्क अनुसार जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत रहेको छ । 

    अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१७ प्रतिशत रहेको थियो । यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ०.५४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहेको छ ।

    खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.०६, गैर–मदिराजन्य पेयपदार्थको ५.१३, फलफूलको ३.५१ र दाल तथा गेडागुडीको २.८५ प्रतिशतले बढेको छ। 

    तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशतले घटेको छ ।

    गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.४३, कपडाजन्य तथा जुत्ता चप्पलको ६.८२, शिक्षाको ५.८८, फर्निसिङ तथा घरायसी उपकरणको ५.०६ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.९० र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.६६ प्रतिशतले बढेको छ ।

    प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१८, मधेशको २.५२, बागमतीको २.२९, गण्डकीको १.७५, लुम्बिनीको २.३९, कर्णालीको २.५४ र सुदूरपश्चिम प्रदेशको ३.८६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com