एक महिनामा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

एक महिनामा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

शनिवार, भदौ ७ २०८२
शनिवार, भदौ ७ २०८२
  • एक महिनामा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । 

    images
    images

    भन्सार विभागका अनुसार गत महिना एक खर्ब ४३ अर्ब चार करोड रुपैयाँ बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँ बराबरको निर्यात भएको हो । 

    यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबर व्यापार घाटा भएको छ ।

    गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.४२ र निर्यात ९५.७५ प्रतिशतले बढेको छ ।

    साउनमा छिमेकी मुलुक भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख रुपैयाँ बराबरको आयात र १९ अर्ब ४५ करोड २० लाख रुपैयाँ  बराबरको निर्यात हुँदा मुलुकले ६४ अर्ब आठ करोड ७८ लाख रुपैयाँ  घाटा व्यहारेको छ । 

    चीनसँग २७ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको आयात र पाँच करोड ४८ लाख रुपैयाँको निर्यात गर्दा २७ अर्ब ९४ करोड १२ लाख रुपैयाँ  बराबर व्यापार घाटा भएको छ । 

    जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ ।

    साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार ५ अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, ५ अर्ब ८८ करोड ७७ लाखको डिजेल र  ४ अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ । 

    देशमा १० अर्ब ८० करोड ९५ लाख रुपैयाँ बराबरको कच्चा सोयाबिन तेल, ३ अर्ब ४१ करोड ९२ लाख रुपैयाँको स्मार्टफोन, १ अर्ब ७४ करोड ४८ लाख रुपैयाँको मोटरसाइकल, ३ अर्ब सात करोडको फलामजन्य वस्तु र १ अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

    मुलुकबाट निर्यात भएका वस्तुमा भटमासको तेल पहिलो स्थानमा छ । साउनमा १० अर्ब ६९ करोड ५८ करोड बराबरको भटमासको तेल  निर्यात भएको हो । 

    समीक्षा अवधिमा प्लाइउड, फलफुल जुस, धागो, गलैँचा, अलैँचीलगायत उत्पादन निर्यात भएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय