वि.सं.२०८२ साल आषाढ २२ गते, आइतबार तदनुसार ईश्वी सन् २०२५ जुलाई ६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, आषाढ शुक्लपक्ष, एकादशी तिथी, आनन्दादिमा–उत्पात योग, चन्द्रराशि–तुला, हरिशयनी एकदश व्रत,चतुर्मास व्रत आरम्भ, तुलसी रोप्ने दिन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरी तथा लगानीकर्ताहरूका लागि समय सकारात्मक देखिन्छ। व्यापार, सेयर बजार र उद्योगतर्फको लगानी फस्टाउने सम्भावना छ। नयाँ कामबाट राम्रो आम्दानी हुनेछ। कार्यक्षेत्रमा प्रशंसा मिल्नेछ भने प्रेम सम्बन्ध सुमधुर रहनेछ। तर साँझपख यात्रा गर्दा सतर्कता आवश्यक छ। खर्च बढ्न सक्ने हुँदा वित्तीय योजना आवश्यक छ। विचार नगरी बोलेका वचनले समस्या निम्त्याउन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सकारात्मक सोच र आत्मबलका साथ अघि बढ्न शुभ समय रहेको छ। ईष्टमित्रसँग रमाइलो यात्रा र स्वादिला परिकारले दिन रमाइलो बन्नेछ। व्यापार, सेयर बजार र अध्ययनमा सफलता मिल्नेछ। प्रतियोगितामा सफलता र रोकिएका काम बन्ने योग छ। स्वास्थ्यमा सुधार आउन सक्छ तर खानपानमा ध्यान दिनुहोस्। नयाँ आम्दानीका स्रोतहरू सुरु गर्ने अवसर जुर्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईँको खरो र बौद्धिक प्रस्तुतिले सबैको ध्यान तान्नेछ। पढाइमा अग्रता लिँदै उत्कृष्ट नतिजा हासिल हुनेछ। सन्तानको प्रगति र जीवनसाथीको साथले मन हर्षित रहनेछ। शिक्षा र अन्य व्यवसायमा आम्दानी बढ्ने संकेत छ। यात्रा गर्दा सावधानी अपनाउनुहोस्। स्वास्थ्यमा कमजोरी आउन सक्ने हुँदा ध्यान दिनुपर्छ। प्रतिस्पर्धामा सफलता र नयाँ आम्दानीको बाटो खुल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनीति र समाजसेवामा लाग्नेहरूलाई सन्तुलित व्यवहार आवश्यक छ, नत्र मान घट्न सक्छ। सवारी व्यापार, कृषि र पशुपालनबाट राम्रो आम्दानी हुने सम्भावना छ। आमा र आफन्तको सुझावले सुधारमा टेवा पुग्नेछ। पारिवारिक सम्बन्धमा तनाब आउन सक्छ। ईर्ष्या र असमझदारीले अप्ठ्यारो पार्न सक्छ। तर साँझपख परिस्थिति सुधारिनेछ र विद्यार्थीले प्रगति गर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनत र लगनशीलताले व्यवसायमा उल्लेखनीय फड्को मार्न सकिनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ र प्रविधिको प्रयोगले आफ्ना विचार जनमानसमा फैलाउन सकिनेछ। अध्ययन र यात्राको अवसर पनि जुर्न सक्छ। दाजुभाइसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रता गहिरिनेछ। स्वास्थ्य सबल रहनेछ तर साँझतिर घरेलु समस्या देखिन सक्छ, जसलाई साथीभाइको सहयोगले समाधान गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै काम गरी प्रशंसा र समर्थन पाउन सकिनेछ। बुद्धि र वाणीको प्रभावले धेरैको ध्यान आफूतिर आकर्षित हुनेछ। परिवारसँग रमाइलो र स्वादिला भोजनको अवसर मिल्नेछ। गीत, सङ्गीत, मोडलिङ तथा अध्ययन क्षेत्रमा प्रगति देखिन्छ। व्यापार र सेयरबाट आम्दानी बढ्नेछ। प्रभावशाली व्यक्तिसँग सम्पर्क बढ्नेछ। तर कमजोरीमा टिप्पणी हुन सक्छ, सजग रहनुहोस्। साँझतिर नयाँ काम प्रारम्भ गरी मनग्य लाभ लिन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ प्रविधिको प्रयोग र लगानीबाट व्यापारमा राम्रो आम्दानी हुनेछ। आर्थिक अवस्थामा सुधार आउनेछ भने पुराना बाँकी रकम उठ्ने सम्भावना छ। समाजसेवामा सक्रियताले प्रतिष्ठा बढ्नेछ। शिक्षा, संगीत, कला र नोकरीमा सफलता मिल्ने संकेत छन्। आत्मविश्वासले चुनौती पार गर्न सकिनेछ। तर आगन्तुक र साथीभाइको व्यर्थ संगतबाट जोगिनुहोस्। स्वास्थ्यमा सजग रहनुहोस् र बुद्धिको प्रयोगले परिस्थिति सन्तुलनमा राख्नुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोस्। वैदेशिक रोजगारी र विदेश यात्रा गर्नेहरूका लागि समय अनुकूल छ। विदेशी सामानको व्यापार फस्टाउनेछ भने प्रेम जीवन पनि सकारात्मक रहनेछ। तर खर्च बढ्न सक्छ र आकस्मिक धनहानिको सम्भावना रहन्छ। आर्थिक असन्तुलनले ऋण लिनुपर्ने परिस्थिति आउन सक्छ। वादविवादबाट टाढा रही संयमता अपनाउनु उपयुक्त हुनेछ। प्रयत्न गरेमा सफलता पाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम र पदोन्नतिको अवसरले करियरमा उचाइ ल्याउनेछ। व्यापारमा लगानीबाट मनग्य नाफा र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रतिस्पर्धामा विजय र सामाजिक कार्यमार्फत प्रतिष्ठा बढ्नेछ। प्रेम र मित्रताको सम्बन्ध अझ सुदृढ बन्नेछ। घरपरिवारको साथ सहयोगले हौसला बढ्नेछ। अध्यात्मतर्फ रुचि बढ्न सक्छ। साँझपख खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा सजग रहनुहोस्। यात्रा रमाइलो र लाभदायक हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफन्त र परिवारसँग रमाइलो यात्राको अवसर हुनेछ। काममा जोस, जाँगर र आत्मबल बढ्नेछ। न्यायिक उल्झनहरू कम हुँदै सफलतामा परिणत हुनेछ। साथीभाइ र मान्यजनको सहयोगले काममा प्रशंसा र लाभ मिल्नेछ। नयाँ काम र रोजगारीमा सफलता प्राप्त हुनेछ। पिताको सहयोगले व्यापार फस्टाउनेछ। अधिकारीबाट प्रशंसा र प्रभुत्व जमाउने समय छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ हुनेछ। तर साँझतिर सावधानी अपनाउन आवश्यक छ, उपलब्धि खोसिन नदिनुहोस्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयले साथ दिँदा सानो प्रयासले पनि ठूलो सफलता मिल्नेछ। धर्म र संस्कार विस्तारमा तपाईँको भूमिका महत्वपूर्ण हुनेछ। लामो धार्मिक र शैक्षिक यात्राको सम्भावना छ। प्रशासनिक क्षेत्रमा सक्रियता रहनेछ। प्रेम र व्यापारमा लाभ प्राप्त हुने समय हो। विद्यार्थीहरूले पढाइमा मन लगाउनेछन्। पारिवारिक विषयमा गोपनीयता आवश्यक छ। नयाँ अवसरले उत्साह जगाउनेछ भने मिहिनेतले दिगो फाइदा दिलाउनेछ। साँझतिर आर्थिक लाभ र रकम उठ्ने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक वस्तु र सवारी कारोबारमा समय मध्यम छ, ध्यान पुर्याउनुपर्छ। आफन्त र साथीभाइसँग मनमुटाव हुन सक्ने भएकाले समझदारी आवश्यक छ। माया प्रेममा शङ्का बढ्नाले दूरी आउन सक्छ। स्वास्थ्य कमजोर हुनसक्छ, खानपानमा सजग रहनुहोस्। साँझ धार्मिक यात्राको अवसर छ। आलस्यले काम बिग्रन सक्ने भए पनि सकारात्मक सोचले सफलता मिल्नेछ। उच्च शिक्षा लागि विदेश यात्रा खुल्ने सम्भावना छ। जिम्मेवारी बढ्ने तर उपलब्धि कम हुनसक्ने देखिन्छ। मिहिनेतले राम्रो नतिजा ल्याउनेछ।