नेप्से परिसूचक सामान्य बढेको बजारमा घट्यो कारोबार रकम, अन्य र वित्त समूह बढे

नेप्से परिसूचक सामान्य बढेको बजारमा घट्यो कारोबार रकम, अन्य र वित्त समूह बढे

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    नेप्से परिसूचक सामान्य बढेको बजारमा घट्यो कारोबार रकम, अन्य र वित्त समूह बढे
    images
    images

    काठमाडौँ / कारोबार रकम घटे पनि साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक २७ सय बिन्दुमै स्थीर रहेको छ ।
    यसअघि बिहिवार ९.१४ अङ्कले बढेर २७०३.९६ बिन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक यस दिन भने २.४० अङ्कले बढेर २७०६.३६ बिन्दुमा रोकिएको छ । 

    अघिल्लो कारोबार दिन ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार ६८० रुपैयाँ बराबरको २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल ३१८ स्टकको ९ अर्ब ५० करोड ३ हजार २६८ रुपैयाँ बराबरको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    यस दिन सेन्सेटिभ इन्डेक्स आज ०.६७ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स ०.२३ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.३३ अङ्कले बढेको छ । 

    आइतबार कारोबारमा आएकामध्ये ६ सेक्टरको परिसूचक घटेको छ भने बाँकी ७ समूहको बढेको छ । यो दिन सर्वाधिक बढी अन्य सेक्टर ३.०६ प्रतिशत र वित्त सेक्टर २.४९ प्रतिशतले बढेको छ । 

    यसैगरी, व्यापार ०.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६३ प्रतिशत, म्युचुअल फण्ड ०.१४ प्रतिशत, लगानी ०.३७ प्रतिशत र बैंकिङ सेक्टर ०.११ प्रतिशतले बृद्धि भएको छ । 

    त्यस्तै, विकास बैंक समूहको परिसूचक सबैभन्दा बढी १.५३ प्रतिशत, हाइड्रोपावर १.०५ प्रतिशत र जीवन बिमा १.३० प्रतिशतले घटेको छ । त्यस्तै, अन्य समूहको परिसूचक पनि आज १ प्रतिशत भन्दा कमले घटेको छ । 

    नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९.४० रुपैयाँले बढेर ७६३.६० रुपैयाँमा अन्तिम करोबार भएको छ ।

    यसदिन गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स, राप्ती हाइड्रो र अपर हेवा खोलाको आईपीओले सबैभन्दा धेरै कमाएको छन् । यस दिन नेपाल रिइन्स्योरेन्स, लक्ष्मी सनराइज बैंक, हिमालयन रिइन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

    यस दिन गुडविल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । गुडविल फाइनान्सको सेयर मूल्य १२७.३० रुपौयाँले घटेर १३०८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य पनि क्रमश १३७.९८ रुपैयाँ र ५३.७५ रुपैयाँले घटेर १४७१.०३ रुपैयाँ र ८७१.९२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com