पुँजीगत खर्च कम भए पनि राजश्वमा बृद्धि गरिरहेका छौँ : चिरिबाबु महर्जन

पुँजीगत खर्च कम भए पनि राजश्वमा बृद्धि गरिरहेका छौँ : चिरिबाबु महर्जन

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    पुँजीगत खर्च कम भए पनि राजश्वमा बृद्धि गरिरहेका छौँ : चिरिबाबु महर्जन
    images
    images

    काठमाडौँ / ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ को पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए । 

    ऐन बमोजिम यही असार १० गते ७ अर्ब ४७ करोड बजेट प्रस्तुत गरेको तर पास हुन बाँकी रहेको बताउँदै उनले ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने जानकारी  दिए । 

    पूँजीगत खर्च सोचेअनुसार गर्न नसक्नुमा केहि व्यवहारिक कठिनाई गरेको औल्याउँदै उनले भने, “असारको १० गते ऐन बमोजिम ७ अर्ब ४७ करोडको बजेट प्रस्तुत गरेका छौँ । यो पास भइसकेको छैन । मलाई जहाँसम्म लाग्छ ऐनमा व्यवस्थापन गरिएको समयसीमा भन्दा अगाडि नै यसलाई पास गराउने छौँ । विगतको कुरा गर्दा आर्थिक बर्ष ०८१/०८२ मा खर्च लगभग ६५ प्रतिशत भयो कि भन्ने छ । तर त्यसमा चालु खर्च अलि बढी नै हुन्छ । लगभग ९० प्रतिशतको हाराहारीमा पुग्छ होला ।”

    ०८०/८१ को पूँजीगत खर्च ८२ प्रतिशत रहेको र यस बर्ष भने कम भएको उनले बताए । 

    “पुँजीगत खर्च कम हुनुमा धेरै मल्टिपल फ्याक्टस्हरु पनि छन् । सरकारले अन्तिम कालखण्डमा समानिकरण गर्दा अनुदान कम गरिदिएकाले धेरै अफठ्यारोमा पारिदिएको थियो । गत साल असोज १० र ११ गते परेको बर्षाले नि समस्यामा परेको थियो । ललितपुर महानगरपालिकाले जुन रफ्तारमा काम गरिरहेका थियौँ विचमा अख्तियार पनि लागेको थियो । त्यसले पनि समस्या बनायो,” उनले भने । 

    विगतका बर्षमा बाढी पहिरो र प्राकृतिक विपत्ति जस्ता घटनाले पूँजीगत खर्च बढाउन नसकेको बताउदै उनले भने, “पूँजीगत खर्चचाहिँ विगतको बर्षमा भन्दा यस बर्ष खासैहोला जस्तो लागेको छैन । सबैभन्दा बढी असर परेको भनेको प्राकृतिक विपत्तिले नै हो । काम गर्ने सिलसिलामा त्यसलाई गणना गरिएन । प्रयास त धेरै नै गरेका हौं ।” 

    आर्थिक बर्ष ०८०/८१ को कुरा गर्ने हो भने राजस्व सङ्कलन महानगरले प्रक्षेपण गरेको भन्दा ८ प्रतिशतले बढेको उनले बताए । यसलाई आगामी बर्ष थप सुधार गर्ने उनले प्रतिवद्धता जनाए ।

    “यो बर्षको राजस्व सङ्कलन गत बर्षको जस्तो हुने देखिएन । भवन अभिलेखिकरण गरेर मनग्य राजस्व उठ्छ भन्ने ठम्याई थियो । तर अभिलेखिकरण गर्ने कुरामा कानुनको दफा–दफा अगिंकार गर्नुपर्ने रहेछ । त्यसको प्रक्रियामै समय लाग्यो । तर, अब हामीले भवन अभिलेखिकरण कानुन ल्यायौँ । त्यसले पनि हाम्रो बजेट सक्यो । अब वर्खे अधिबेशनमा भवन अभिलेखिकणको म्याद थप्ने छौँ र राजश्व संकलनमा बृद्धि गर्नेछौँ,” उनले भने । 

    ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरुको विकास गर्ने सन्दर्भमा काम भइरहेको पनि उनले बताए । स्मार्ट सिटी बनाउने काम भने धेरै अघि बढेको उनको भनाइ थियो । 

    “ललितपुर महानगरपालिकामा नयाँ पर्यटकीय स्थलहरू बनाउने काम जारी छ । वातावरण सफा बनाउनेगरी इभी सवारी साधनहरूलाई प्राथमिकता दिएका छौँ । इन्टेलिजन ट्राफिक लाइट महानगरपालिका भित्र २५१ स्थान राख्न पर्छ  भन्ने हाम्रो अध्ययनको प्रतिवेदनमा रहेको छ । अहिले केही स्थानमा राखेका छौँ । यसले केही सहजिकरण भएको छ । त्यसैले हामी हौसिएका छौँ । आउँदो आर्थिक बर्षमा अधिकांश स्थानमा लाइट विस्तार गरिसक्नेछौँ । चक्रपथको ७.१ प्रतिशत सडकको केही भाग ललितपुर महानगपालिका भित्र पर्ने भएकाले त्यो भाग अलि अध्याँरो रहेको छ । दशैँसम्म काम सकिने गरी स्मार्ट बत्ति जडान गर्न लागेको छौँ” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com