खाडी देशको भ्रमणमा रहेका कुलमानले भने - म कुनै पार्टीको झण्डा लिएर आएको होइन

खाडी देशको भ्रमणमा रहेका कुलमानले भने - म कुनै पार्टीको झण्डा लिएर आएको होइन

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    खाडी देशको भ्रमणमा रहेका कुलमानले भने - म कुनै पार्टीको झण्डा लिएर आएको होइन
    images
    images

    काठमाडौँ / मध्यपूर्वी देशहरूको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उर्जा क्षेत्रबाट नै मुलुकमा समृद्धि ल्याउन सकिने बताएका छन् । 

    नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका उनले बहराइनबाट उज्यालो अभियान सुरु गर्ने घोषणा पनि गरे ।  बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् ।

    नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले आफू कुनै पार्टीको झन्डा लिएर खाडी क्षेत्रमा नआएको बताए । “म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन । म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन । म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,” घिसिङले भने, “एउटा जिम्मेवार नागरिक भएको हिसावले तपाईहरूसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरूको संकल्पलाई अभियानको रूपमा अगाडि बढाउन आएको हुँ ।”

    उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । “यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौँ । यो अभियान अरु देशमा पनि पुग्नेछ,” उनले भने, “तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।” घिसिङले आफ्नो अभियान बारे थप बताएनन् । 

    “मैले ३० वर्षसम्म जुन डेलिभरी दिएर एउटा ठाउँमा पुगें सोही क्रममा लोडसेङि अन्त्य मात्र होइन घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो । त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो  । अब उज्यालो नेपाल वा उज्यालो अभियान भनेको बत्तिको मात्रै उज्यालोले भएन,” उनले भने, “अँध्यारो हटाउनुपर्ने ठाउँ धेरै छन्, धेरै क्षेत्रमा अँध्याराहरू छन् । सबै क्षेत्रको अँध्यारोलाई उज्यालोमा कन्भर्ट  गर्नुपर्यो ।”

    एक प्रश्नको जवाफमा घिसिङले हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्ने बताए । हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौँ । त्यसकारण निरासा बढ्दो छ । यी सबै कुराहरूलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ । देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ । तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौं,” उनले भने ।

    घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भइरहेका छन् । अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com