धान रोपाइँ १५.६ प्रतिशतमा सीमित, सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि

धान रोपाइँ १५.६ प्रतिशतमा सीमित, सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि

शुक्रवार, असार १३ २०८२
शुक्रवार, असार १३ २०८२
  • images
    images
    धान रोपाइँ १५.६ प्रतिशतमा सीमित, सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि
    images
    images

    काठमाडौँ / देशभरी अहिलेसम्म १५.६ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको ताजा तथ्याङ्कअनुसार १३ असारसम्म १ करोड ३९ लाख १३ हजार २१ हेक्टरमध्ये जम्मा २ लाख १७ हजार २८९ हेक्टरमा मात्र रोपाइँ भएको छ।

    मन्त्रालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ। त्यहाँ कुल रोपाइँ क्षेत्रफलको ४५.५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ।

    त्यस्तै, कर्णाली प्रदेशमा १३.८ प्रतिशत, गण्डकीमा ९.७ प्रतिशत, लुम्बिनीमा ९.१ प्रतिशत, बागमतीमा ३.९ प्रतिशत, र कोशी प्रदेशमा १४.३ प्रतिशत धान रोपिएको छ। पछिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष रोपाइँको गति केही सुस्त देखिएको छ। 

    गतवर्ष १४ असारसम्म १७.२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सोही अवधिमा १५.६ प्रतिशतमा सीमित छ।

    मधेश प्रदेशको सप्तरी, रौतहट र महोत्तरी जिल्लाको विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । त्यसपछि रोपाइँको प्रतिशतमा केही वृद्धि हुने सम्भावना रहेको तथ्याङ्कमा उल्लेख छ।

    सिचाइँ, वर्षा, बीउको उपलब्धता तथा कृषकको पहुँच लगायतका कारणले रोपाइँको गति प्रभावित भएको हुनसक्ने विज्ञहरू बताउँछन्।

    note.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com