काठमाडौँ / गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्यसहित आवेदन खुल्ला गरिएको हो ।
ग्लोकल टीन हिरो, ग्लोकल प्रालिको एक महत्त्वपूर्ण पहल हो । जुन केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा÷किशोरकिशोरीहरूलाई उचित मूल्याङ्कन भएको आयोजकले जनाएको छ ।
ग्लोकल प्रालि प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो । यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ ।
यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।
ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो । सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् ।
यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो ।
नेपालको शुद्ध धरातलबाट सुरुवात हुँदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ ।
नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।
आवेदन कसले दिने ?
ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन् ।
यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहनुभएको छ, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रूप प्रदर्शन गरिरहनुभएको छ, वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुनुहुन्छ भने, यो मञ्च तपाईंको लागि नै हो । तपाईंको पहल, प्रभाव र उपलब्धिलाई सम्मान गर्न हामी आतुर छौँ ।
आवेदन प्रक्रिया र समय सीमा
यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ ।
यो पूर्णतः निशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले https;//glocalteenhero.com/nepal. मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ । दुवै सहभागिता र मनोनयन आवेदन अनलाइन उपलब्ध छन् ।
छनोट प्रक्रिया
आवेदन र कागजातको समीक्षा पछि, ग्लोकलको द्दण्गलमभचद्दण् को छनोट गरिनेछ । यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्याङ्कन गरिनेछ ।
तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन् । उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ ।
विशिष्ट निर्णायक मण्डलः ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्याङ्कन गर्नेछ ।
यस बर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा. घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन् ।
उहाँहरूको नेतृत्व, विश्वव्यापी दृष्टिकोण र युवा सशक्तिकरणप्रतिको अटुट प्रतिबद्धताले नेपाल र विश्वका भविष्यका उज्ज्वल प्रतिभाहरूलाई पहिचान गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
ग्लोकल प्राइभेट लिमिटेडले यस पहललाइ सफल पार्नका लागि विभिन्न संघ संस्थासँग हातेमालो गरेको छ । यो ग्लोकल प्राइभेट लिमिटेडको एक पहल हो । यस यात्राको लागि शीर्षक साझेदारको रुपमा गोल्छा ग्रुप, रणनीतिक साझेदारको रूपमा युरोपेली संघ र भारतीय दूतावास काठमाडौँ, नेपाल रहेका छन् ।
यसका साथै शैक्षिक साझेदारको रूपमा एम्बार्क कलेज रहेको छ । प्रमुख साझेदारको रूपमा होन्डा, कोका–कोला, डब्लुडब्लुएफ, पञ्चकन्या समूह, केएफसी, टोयोटा र रियल सूचीकृत छन ।
बैंकिङ साझेदारको रूपमा ग्लोबल आईएमई बैंक, नबिल बैंक र नेपाल एसबीआई बैंक लिमिटेड, नेपाल पर्यटन बोड प्रवद्र्धक साझेदार बनेको छ भने द सोल्टी काठमाडौँ आतिथ्य सेवा प्रदायक साझेदार, वल्र्डलिंक इन्टरनेट साझेदार, द काठमान्डु पोस्ट र कान्तिपुर एप मिडिया साझेदारको रूपमा छन् ।
हिमालय टिभी एचडी प्रत्यक्ष प्रसारण साझेदार, यती एयरलाइन्स एयरलाइन्स साझेदार, प्रिज्मा एडभर्टाइजिङ पीआर साझेदार, एनएनक्यू? सूचना प्रवाह साझेदार र अन्ततः, पिज्जा हट र बेगानी ग्रुप समर्थकको रूपमा उल्लेखित गरिएका छन् ।
साझेदारहरूको यो विस्तृत सञ्जालले एक साझा दृष्टिकोण र ग्लोकलको नवीनतम पहलको सफलता र प्रभावप्रति प्रतिबद्धता झल्काउँछ ।