सानिमा रिलायन्सको बिमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

सानिमा रिलायन्सको बिमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

मंगलवार, असार ३ २०८२
मंगलवार, असार ३ २०८२
  • images
    images
    सानिमा रिलायन्सको बिमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
    images
    images

    काठमाडौँ / सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतित बिमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।

    विभिन्न कारणले समयमै बिमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई  मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो । यस पुनर्जागरण अभियान आसर २ गतेदेखि २७ गतेसम्म लागू हुनेछ । 

    पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बिमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।  

    संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई  व्यतित बिमालेख नबिकरण गरि मौकाको फाईदा  लिन कम्पनीले अनुरोध गरेको छ । 

    हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक  पक्ष सबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ।

    ग्राहकवर्गहरुले संस्थाको देशैभरी रहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नुहुनेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com