अर्थमन्त्रीले भदौमा हुने नाडा अटो शो २०२५ उद्घाटन गर्ने

अर्थमन्त्रीले भदौमा हुने नाडा अटो शो २०२५ उद्घाटन गर्ने

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    अर्थमन्त्रीले भदौमा हुने नाडा अटो शो २०२५ उद्घाटन गर्ने
    images
    images

    आउँदो भदौ ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने भएको छ । 


    नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधान मन्त्री तथा अर्थमन्त्री  पौडेलसँग आज भेटघाट तथा छलफल गरेको थियो । 

    उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले धेरै समयको अन्तराल पछि नेपालको अटोमोवाइल क्षेत्र लगायत समग्र नीजि क्षेत्र मैत्री बजेट आएको बताए । 

    सोहि छलफलको क्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपालमा पहिलो पटक सिमरामा सवारी साधन मेनुफेक्चरिङ्ग उद्योग खोल्ने तयारी भईरहेकोले त्यस्ता उद्योगलाई टेवा पुग्ने नीति आउनु पर्ने बताए । 
    मेनुफेक्चरिङ्ग उद्योगलाई थप सुविधा उपलब्ध गराउनु पर्ने र नीतिमा स्थिरता ल्याउनका लागि आग्रह गरे । 

    छलफलको अन्त्यमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले नाडाको राखेको उक्त आग्रहलाई सहर्ष स्वीकार गर्दै नेपालका अटोमोवाइल व्यवसायीहरुले धेरै भन्दा धेरै राजश्व उपलब्ध गराएर सरकारलाई सहयोग गर्नुपर्ने बताए । 

    छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com