स्वास्थ्य मन्त्री पौडेलले बैठकमै असन्तुष्टि पोखे - पुँजीगत खर्च नहुनु भनेको गम्भीर समस्या हो, कर्मचारीको सक्रृयाता देखिएन

स्वास्थ्य मन्त्री पौडेलले बैठकमै असन्तुष्टि पोखे - पुँजीगत खर्च नहुनु भनेको गम्भीर समस्या हो, कर्मचारीको सक्रृयाता देखिएन

आइतवार, असार १ २०८२
आइतवार, असार १ २०८२
  • images
    images
    स्वास्थ्य मन्त्री पौडेलले बैठकमै असन्तुष्टि  पोखे - पुँजीगत खर्च नहुनु भनेको गम्भीर समस्या हो, कर्मचारीको सक्रृयाता देखिएन
    images
    images

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयअ न्तर्गत पुँजीगत खर्च सोचेजस्तो नबढेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले पुँजीगत खर्च बढाउन कर्मचारीको सक्रियता नदेखिएको भन्दै असन्तुष्टि जनाए।

    मन्त्री पौडेलले नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने सुधारका लागि आफू हुटहुटिका साथ लागिरहेको बताउँदै स्वास्थ्य सेवा सुधारको लागि सबै पक्षको साथ आवश्यक रहेको उल्लेख गरे। "विशिष्टिकृत सेवा विस्तारसँगै अस्पतालको सेवा सुधार गर्न सकिए मात्र नागरिकले देखिने परिवर्तन महसुस गर्छन्," मन्त्री पौडेलले भने, "तर पुँजीगत खर्च नहुनु भनेको गम्भीर समस्या हो।"


    उनले अस्पतालमा मात्र भौतिक संरचना थपेर नपुग्ने भन्दै सुधारका लागि आवश्यक नीतिगत परिवर्तन गर्न आफू तयार रहेको स्पष्ट पारे। "कर्मचारीको कार्यसम्पादनबाट भए पनि खर्च बढाउनु पर्छ," उनले भने, "नीतिगत सुधार आवश्यक छ भने त्यसका लागि सरकार तयार छ।"

    सरकारी अस्पतालप्रति आम नागरिकको विश्वास कायम राख्न सुधार अपरिहार्य रहेको बताउँदै मन्त्री पौडेलले कर्मचारीहरूलाई गम्भीर भएर जिम्मेवारी वहन गर्न आग्रह गरे। "बजेट त हामीले धेरै मेहनत गरेर ल्यायौं, तर त्यसको उपयोगमा लापरवाही गर्न पाइँदैन," उनले चेतावनी दिए।

    त्यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य बीमाको सन्दर्भमा समेत बोल्दै सरकारी कर्मचारी र संगठित क्षेत्रलाई यसमा समावेश गराउन सरकारले नीतिगत बाटो खोलिसकेको बताए। उनले भने, "स्वास्थ्य बीमामा अहिले स्रोतको अभाव छ, तर सबै कर्मचारी र संगठित क्षेत्र आवद्ध गराउन सके ४० अर्बसम्म स्रोत जुट्न सक्छ। यसमा तपाईंहरूको साथ आवश्यक छ।"

     

     

     

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com