खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्ने

खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्ने

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गर्ने

    काठमाडौँ / खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि असार २७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १० गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो ।  

    images
    images

    कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन प्रयोजनका एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । असार २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन् ।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ दरका ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय