गरिब तथा विपन्नलाई बिनाधितो जलविद्युत्को सेयर दिइने : ऊर्जामन्त्री खड्का

गरिब तथा विपन्नलाई बिनाधितो जलविद्युत्को सेयर दिइने : ऊर्जामन्त्री खड्का

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • गरिब तथा विपन्नलाई बिनाधितो जलविद्युत्को सेयर दिइने : ऊर्जामन्त्री खड्का

    काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरण सुरक्षित विद्युत् प्रवाहमा लाग्नुपर्ने बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सुरक्षित विद्युत् प्रवाह गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै यसका लागि गम्भीर बन्नुपर्ने बताएका हुन् । 

    images
    images

    मन्त्री खड्काले भने,“सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् प्रवाह आजको आवश्यकता हो, यसलाई कार्यान्वयन गर्न विद्युत् प्राधिकरण लाग्नुपर्छ ।” उनले सेवा प्रवाहको अग्रपङ्क्तिमा रहेका व्यक्तिले समाजप्रति उत्तरदायित्व बोध गर्दै नागरिकलाई आशा जगाउने काममा लाग्नुपर्ने बताए । 

    मन्त्री खड्काले प्राधिकरणलाई अगाडि बढाउन ज्यालादारी कर्मचारीको महत्त्वपूर्ण भूमिका रहेकाले उनीहरूका माग सम्बोधन गर्न सरकार गम्भीर रहेको बताए। सरकारले ऊर्जा विकासका लागि दश वर्षे लक्ष्य लिएको बताउँदै उनले यसलाई पूरा गर्न प्राधिकरण र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताए । 

    “विद्युत् उत्पादनसँगै प्रसारण लाइन निर्माणमा समेत निजी क्षेत्रलाई सहभागी गराइसकेका छौँ । अब चाँडै नै विद्युत् बिक्रीमा पनि निजी क्षेत्रलाई आबद्ध गराउने छौँ”, मन्त्री खड्काले भने,“सुरक्षित विद्युत् प्रवाहलाई ध्यानमा राखेर ठूला जलासययुक्त आयोजनालाई सरकारले अगाडि बढाउन खोजेको छ । यसमा सरकार र निजी क्षेत्रबीच सहकार्य अपेक्षित छ ।”

    उनले दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले आर्थिक विकासको बाधकका रूपमा रहेका ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढिरहेको बताए । 

    मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैको हुने भएकाले गरिब तथा विपन्न नागरिकलाई बिनाधितो जलविद्युत्को सेयर दिएर उनीहरूको आर्थिक अवस्था उकास्न लागेको बताए । 

    राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सबै नेपालीको घरमा विद्युत्को पहुँच पु¥याउने गरी प्राधिकरणले काम गर्नुपर्ने बताए । उनले ऊर्जा मिश्रणको रणनीतिलाई नेपालले अगाडि बढाउनुपर्ने उल्लेख गरे।

    विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले नागरिकलाई किफायती, भरपर्दो र गुणस्तरीय विद्युत् प्रदान गर्न प्राधिकरण लाग्नुपर्ने बताए । प्रसारण र वितरणको संयन्त्र कमजोर हुँदा नागरिकले भरपर्दो बिजुली प्राप्त गर्न नसकेको उनको भनाइ थियो ।

    स्वतन्त्र ऊर्जा उत्पादक संस्था (ईप्पान) नेपालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणकै कारण सरकारले लिएको ऊर्जा विकासको लक्ष्य पूरा हुन नसक्ने भन्दै आवश्यक सहजीकरणका लागि आग्रह गरे । 

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्राधिकरणले ठूला जलविद्युत् आयोजना र प्रसारण लाईन निर्माणलाई व्यापकता दिएको बताए । 

    उनले आगामी वर्ष काठमाडौँ उपत्यकाका चार लाख घरसहित देशभर स्मार्ट मिटर जडान प्रारम्भ गरिने उल्लेख गरे। प्राधिकरणका नायब कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आमउपभोक्तलाई भरपर्दो र गुणस्तरीय विद्युत् पु-याउन प्राधिकरण लाग्ने बताए । 

    कार्यक्रममा प्राधिकरणका उत्कृष्ट १५ कर्मचारीलाई नगद रु २५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट काम गर्ने कार्यालयलाई समेत सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय