पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी (जेभी) समूहहरूलाई आशय पत्र पेश गर्न आह्वान

बुधवार, असार १८ २०८२
बुधवार, असार १८ २०८२
  • पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान

    काठमाडौँ / विद्युत् विकास विभागले २४८ मेगावाट क्षमताका पाँच जलविद्युत आयोजना निर्माणका लागि आशय पत्र आह्वान गरेको छ । विभागले बुधबार सावर्जनिक सूचना जारी गर्दै निजी क्षेत्रको सहभागितामा आयोजना निर्माण गर्न यस्तो आशय पत्र (इओआई) आह्वान गरेको हो ।

    images
    images

    पुनः प्रकाशित सूचनामार्फत विभागले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडेलमा आयोजना निर्माणका लागि इच्छुक र योग्य नेपाली जलविद्युत् कम्पनीहरू वा तिनका संयुक्त लगानी (जेभी) समूहहरूलाई आशय पत्र पेश गर्न आह्वान गरेको छ ।

    सूचनामा उल्लेख भए अनुसार म्याग्दी र पर्वत जिल्लामा पर्ने ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी जलविद्युत् आयोजना, हुम्ला जिल्लास्थित ६१.०२ मेगावाटको हुम्ला कर्णाली जलविद्युत आयोजना, सोलुखुम्बुमा पर्ने २१.४ मेगावाटको इन्खु खोला जलविद्युत आयोजनाका लागि आशय पत्र माग गरिएको छ ।

    त्यसैगरी, म्याग्दीमा रहेको ६५ मेगावाट क्षमताको कालीगण्डकी अपर जलविपद्युत आयोजना र हुम्ला जिल्लाकै ४९.५ मेगावाट क्षमताको लोती कमली पीआरओआर आयोजनाका लागि पनि आशय पत्र माग गरिएको छ ।

    योग्य कम्पनीहरू वा जेभीले यहीँ असार ३२ गते दिउँसो १२ बजेभित्र विभागको सानो गौचरनस्थित कार्यालयमा आशय पत्रको आवेदन बुझाइसक्नु पर्नेछ भने सोही दिन दिउँसो १ बजे आशय पत्रहरू खोलिने सूचनामा उल्लेख छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय