नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बावुलाई कलेजो दिए छोरो आयुषले

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण, बावुलाई कलेजो दिए छोरो आयुषले

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • images
    images
    नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण,  बावुलाई कलेजो दिए छोरो आयुषले
    images
    images

    काठमाडौं/ नेपाल मेडिसिटी अस्पतालमा पहिलोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो उनका २६ वर्षीय छोरा आयुष कार्कीले दान गरेका हुन्। प्रत्यारोपण शल्यक्रिया जेठ ८ गते सम्पन्न गरिएको अस्पतालले जनाएको छ।

    कलेजो प्रत्यारोपण संसारकै जटिल शल्यक्रियामध्ये एक मानिन्छ, जसका लागि विशेषज्ञहरूको ठूलो टोली आवश्यक पर्छ। यस शल्यक्रियामा दाताको करिब ९ घण्टा र सेवाग्राहीको १३ घण्टा समय लागेको थियो। भारतको प्रतिष्ठित अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा शल्यक्रिया सफल भएको हो।

    आयुष कार्कीले भने, “हामी दुईपटक भारत गएका थियौं तर सन्तोषजनक परामर्श पाउन सकेनौं। बुबाको अवस्था गम्भीर बनेपछि अन्ततः नेपालमै प्रत्यारोपण गर्ने निर्णय गर्यौं। नेपाल मेडिसिटी अस्पतालको सेवा र परामर्शपछि हामी ढुक्क भयौं र प्रत्यारोपण यहीँ गर्यौं।”

    नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले भने, “हाम्रो मल्टिडिसिप्लिनरी टिमका कारण यस्तो जटिल शल्यक्रिया सम्भव भएको हो। अब नेपालीहरूलाई यस्ता उपचारका लागि विदेश जानुपर्दैन भन्ने हाम्रो लक्ष्य हो।”

    ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभाग प्रमुख डा. उमिद कुमार श्रेष्ठका अनुसार कार्कीको मिर्गौला र कलेजो दुबै बिग्रिएको थियो। “उहाँको पेटमा पानी जम्ने, होस हराउने, रगत वान्ता हुने जस्ता समस्या थिए। भारतमा दुईपटक प्रत्यारोपणका लागि प्रयास गरिएको थियो तर सफल हुन सकेन,” डा. श्रेष्ठले भने।

    mediciti hospital - liver.jpg

    कलेजो प्रत्यारोपणपछि मिर्गौलामा समेत सुधार देखिएको चिकित्सकहरू बताउँछन्। शल्यक्रियामा संलग्न कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले भने, “हामीले कलेजो प्रत्यारोपणपछि मात्रै मिर्गौला पनि बदल्नुपर्ने हो वा होइन भनेर मूल्यांकन गर्ने निर्णय गरेका थियौं। अहिलेको सुधार उत्साहजनक छ।”

    नेपाल मेडिसिटी अस्पतालले यसअघि ४५ जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण गरिसकेको छ भने ५०० जना भन्दा बढीको हिप र जोर्नी प्रत्यारोपण गरिसकेको छ। अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा सर्वसुलभ दरमा उपलब्ध गराउने प्रयास जारी राखेको जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com