images
Logo
images

चिनियाँ राजदूत चेन सोङद्वारा ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार जनालाई शैक्षिक सामग्री वितरण

चिनियाँ राजदूत चेन सोङद्वारा ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार जनालाई शैक्षिक सामग्री वितरण

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • images
    images
    चिनियाँ राजदूत चेन सोङद्वारा ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार जनालाई शैक्षिक सामग्री वितरण
    images
    images

    झापा / नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गरेका छन् ।

    उनले विर्तामोड नगरपालिका–८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ स्थित शनिश्चरे माध्यमिक विद्यालयका ४० विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन् ।

    उनले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गरे भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गरेका छन् । 

    उनले चिनियाँ राजदूतावासको रु ५० हजार सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत माविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गरे ।

    राजदूत चेन सोङले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको बताए । 

    कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पुर्याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । 

    उनले आजै दूतावासकै सहयोगमा बन्न लागेको देवकोटा आधारभूत मावि भवनको समेत शिलान्यास गरिन् । चिनियाँ राजदूत सोङले विर्तामोडका दुई माछा फार्म र अर्जुनधारामा रहेका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने बताए । 

    उनले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री, सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com