images
Logo
images

रानीचौर सामुदायिक वनका अध्यक्षले ६ लाख ३६ हजार हिनामिना गर्दा अख्तियारको फन्दामा

रानीचौर सामुदायिक वनका अध्यक्षले ६ लाख ३६ हजार हिनामिना गर्दा अख्तियारको फन्दामा

बुधवार, जेठ २८ २०८२
बुधवार, जेठ २८ २०८२
  • images
    images
    रानीचौर सामुदायिक वनका अध्यक्षले ६ लाख ३६ हजार हिनामिना गर्दा अख्तियारको फन्दामा
    images
    images

    काठमाडौं/ जाजरकोट जिल्लाको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीविरुद्ध ६ लाख ३६ हजार रुपैयाँभन्दा बढी हिनामिना गरेको भेटिएको छ ।

     अख्तियार दुरुपयोग आयोगले उक्त रकम हिनामिना गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार शाहीले २०७८ साल चैत २० गते वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड जाजरकोट शाखामा रहेको खाताबाट चेकमार्फत ७ लाख रुपैयाँ झिकेर सो मध्ये कानुनअनुसार रु। ६३,९५३ मात्र राजस्व दाखिला र लेखापरीक्षण बापत खर्च गरेका थिए। 

    बाँकी रकम हिनामिना गर्न उनले कृषि विकास बैंकको १४ वटा झुट्टा राजस्व दाखिला भौचर, विभिन्न नक्कली परामर्श तथा सेवा सम्बन्धी ११ वटा बिल प्रस्तुत गरेका थिए।

    शाहीमाथि रानीचौर सामुदायिक वन उपभोक्ता समूहको सरकारी रकम बदनियतपूर्वक आफ्नो निजी प्रयोगमा ल्याएको, झुट्टा तथा किर्ते कागजात प्रस्तुत गरी भ्रष्टाचार गरेको आरोप छ। 

    उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ९ र दफा ११ बमोजिम कैद, जरिवाना र बिगो असुलीको मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

    शाहीले सार्वजनिक संस्था र बैंकका झुट्टा तथा किर्ते कागजात तयार गरी भ्रष्टाचारमा संलग्न भएको ठहर गर्दै अख्तियारले विशेष अदालतसमक्ष आवश्यक कारबाहीको माग गरेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com