निफ्राको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

निफ्राको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    निफ्राको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
    images
    images

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋण पत्र खरिदकालागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    बैंकले गत जेठ १८ गतेदेखि  १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता भएको ७ वर्षे अवधिको ५ अर्ब रुपैयाँ बराबरको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गरेको थियो ।

    यसअघि उक्त ऋणपत्रमा आवेदन दिने अन्तिम दिन जेठ २२ गते तोकिएको भएपनि माग बमोजिम आवेदन नपरेपछि आज सम्मका लागि म्याद थप गरिएको थियो । लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

    बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

    कुल निष्कासनमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com