आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग

बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग

    काठमाडौँ / नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको जेठ १६ गतेदेखि १८ गतेसम्म भएको दोस्रो बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न सरकारसँग माग गरेको छ । 

    images
    images

    बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत बैठकको निर्णयहरू सार्वजनिक गर्दै बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन माग गरेको संगठनले जानकारी दिएको छ । 

    यस्तै, बैठकले संघ, प्रदेश र स्थानिय तहमा कार्यरत कर्मचारीहरूको ट्रेड युनियनमा प्रतिनिधित्व गर्न संघीय कानुनमा महासंघीय ढाँचा बमोजिम अन्तर आबद्धता हुने गरी ट्रेड युनियन अधिकार स्थापित गराउने आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ । 

    साथै, बैठकले सहकारी ऐन, २०७४ ले पेसागत सहकारीको परिकल्पना गरेको पेशाकर्मीले सञ्चालन गरेका सहकारीका लागि लगाइएको विशेष प्रकारका बन्देजहरू (कर, दोहोरो सदस्यता, प्रतिनिधित्व) सहकारी मैत्री हुने गरी संशोधन गर्न नेपाल सरकार समक्ष माग गर्ने र कर्मचारीहरूको अनौपचारिक असंगठित समुह वा अभियानको नामबाट हुने आन्दोलन न्युनिकरण गर्न त्यस्ता समुह तथा अभियानसँग राज्यले गर्ने वार्ता आधिकारिक तथा राष्ट्रिय स्तरका ट्रेड युनियन मार्फत नै गर्ने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ । 

    सेवा प्रवेश तथा सेवाकालिन तालिम गराउने, तालिम केन्द्रहरूका पाठ्यक्रमहरूमा सैद्धान्तिक तथा प्रयोगवादी ट्रेड युनियन तथा सामूहिक सौदावाजीसँग सम्बन्धित पाठ्ययोजना समेट्नुपर्ने पनि संगठनको माग रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com