घरको भित्तामा भ्वाङ पारेर तिनओटा घरमा लाखौं रुपैयाँ चोरी

घरको भित्तामा भ्वाङ पारेर तिनओटा घरमा लाखौं रुपैयाँ चोरी

बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • घरको भित्तामा भ्वाङ पारेर तिनओटा घरमा लाखौं रुपैयाँ  चोरी

    रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ ।

    images
    images

    चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन् । 

    प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ । 

    तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

    चोरीको घटना भएको स्वीकार गर्दै उनले चोरहरुको खोजी कार्य भैरहेको बताए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com